PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

पौडीबाज शिरीष गुरुङलाई भाटभटेनीको साथ, मासिक १ लाख पाउने



पहिलोपोस्ट

पौडीबाज शिरीष गुरुङलाई भाटभटेनीको साथ, मासिक १ लाख पाउने

काठमाडौं : नेपाली पौडीका युवा स्टार शिरीष गुरुङलाई भाटभटेनी सुपर मार्केटले एक वर्षको लागि आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।
 
बिहीबार एक कार्यक्रमबीच भाटभटेनीका तर्फबाट प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र १७ वर्षीय खेलाडी गुरुङबीच सम्झौता भएको हो।
 
सम्झौतापछि पौडीका चम्किला तारा शिरीष गुरुङलाई भाटभटेनीले मासिक १ लाख प्रदान गर्ने बताएको छ। यस्तै शिरीषले सहभागिता जनाउने सबैखाले प्रतियोगिताको लागि खेल पोसाक दिने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उक्त पोसाक प्रयोग गर्नुपर्ने एवं प्रत्येक राष्ट्रिय कीर्तिमानमा १० हजार प्रदान गर्ने जनाइएको छ। सम्झौता पत्रअनुसार शिरीषले एक वर्षको लागि भाटभटेनी सुपर मार्केटको विज्ञापनमा खेल्नुपर्ने, व्यापार प्रवर्द्धनको कार्यक्रममा सहभागी हुनुपर्नेछ।
 
सम्झौता पत्रमा हस्ताक्षरपश्चात् शिरीषले आफूले पौडी खेल्न थालेको १३ वर्ष पुगेको अवसर पारेर ठूलो व्यापारिक अर्गनाइजेशनसँग सम्बन्ध गाँस्न पाएकोमा निकै खुसी भएको भन्दै यसले आगामी दिनमा अझ बढी खेलमा समर्पित हुने र उत्कृष्ट नतिजा प्राप्त गर्न प्रेरणा मिलेको बताए।

गुरुङले खेल जीवनमा आफ्ना र अन्यका नामका समेत गरी ४५ पटक राष्ट्रिय रेकर्ड कायम गरेका छन्। आफ्ना प्रशिक्षक वाङ्गदेन लामाको समेत रेकर्ड तोड्न सफल शिरीषको नाममा हाल व्यक्तिगत १२ र दुई रिलेमा गरी १४ रेकर्ड रहेको छ।

शिरीष ब्राजिलमा अगस्ट ५ देखि सुरु हुने ३१औं गृष्मकालीन ओलम्पिकमा भाग लिन आउँदो शनिबार त्यसतर्फ जाँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell