PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

धनकुटा बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३ पुरुषको सनाखत हुन बाँकी



पहिलोपोस्ट

धनकुटा बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३ पुरुषको सनाखत हुन बाँकी

काठमाडौं : धनकुटामा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।
 
संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना भएको थियो। दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित १३ जनाको ज्यान गएको हो। डाक्टर बाबुराम भट्टराईको मन्त्रिमण्डलमा खेवा अर्थ राज्यमन्त्री थिए।
 
धनकुटा बुढीमोरङ्गका सनम तामाङ, मारेकटहरेका वीरबहादुर काफ्ले, लेगुवाका टेकबहादुर थापा र तेह्रथुम फुलेकका होमा पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा बेलुका मृत्यु भएपछि मृतकको संख्या थप भएको हो।

घटनास्थलमा मृत्यु हुने अन्यमा परेवादिन-७ की तारादेवी बस्नेत, रेश्मा बस्नेत, धरान-२ का बेदप्रसाद अग्रवाल, अतिमाया तामाङ, खिममाया रहेका छन्। मृतक तीन पुरुषको भने सनाखत हुन बाँकी छ।

अन्य घाइतेहरुको धरानमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेले बताए।

मध्याह्न साढे १२ बजे भएको सो दुर्घटनामा गाडी सडकबाट अनियन्त्रित भई पल्टिएको थियो।

फोटो : सुन्दरमान डंगोल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell