PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

'लालजोडी'को गीतमा रेखा थापाको स्वर



पहिलोपोस्ट

'लालजोडी'को गीतमा रेखा थापाको स्वर

काठमाडौं : रंग पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा बनेको फिल्म 'लालजोडी'को प्रोमोसँगै दुई गीतको भिडियो सार्वजनिक भएको छ।
 
अभिनेत्री रेखा थापाको समेत स्वर रहेको 'मा कसम' र 'आज त क्या राम्री' बोलको दुई गीतको भिडियो प्रोमोसहित सार्वजनि भएको हो।
 
दोस्रो पटक फिल्म निर्देशन गरेका सुवेदीले पहिलो फिल्म आफ्नो परीक्षण नभएकाले दोस्रोमा हात हालेको बताए। 'व्यवसायका लागि फिल्म बनाएको हुँ। पटकपटक बनाउँन म सँग पैसा छैन,' उनले भने, 'फिल्म असफल भए अर्को बनाउँदिन।'
 
फिल्ममा ज्योति काफ्ले मुख्य भूमिकामा रहेका छन्। तितो सत्य र मेरी बास्सै जस्ता टेलीशृंखलामा नेता डा. बाबुराम भट्टराईको क्यारिकेचर गरेर चर्चामा आएका उनको लालजोडी पहिलो फिल्म हो। लभ स्टोरी, एक्सन र कमेडी फ्लेभरमा रहेको फिल्म भदै १७ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
 
काफ्लेसहित फिल्ममा बुद्धि तामाङ, आयुष्मा कार्की, पुरन थापा, सिपी पौडेल, सुजन घिमिरे, किशोर भण्डारी, यादव पुडासैनी, रजनी केसी, मधुसुदन पाठक, गोविन्द कोइराला, नवराज मैनाली लगायत कलाकारहरुको अभिनय रहेको छ।

लालजोडीको प्रोमो- 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell