PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

भारतीय भूमिबाट नेपालीमाथि भएको आक्रमणको ​एमालेद्वारा भर्त्सना



पहिलोपोस्ट

भारतीय भूमिबाट नेपालीमाथि भएको आक्रमणको ​एमालेद्वारा भर्त्सना

काठमाडौँ : नेकपा एमालेले सप्तरीको तिलाठी नजिकै दसगजा क्षेत्रमा भारतीय भूमिबाट नेपालीमाथि भएको ढुङ्गामुढा र आक्रमणको भर्त्सना गरेको छ। 

एमाले केन्द्रीय सचिवालय बैठकले भारतबाट एकतर्फी ढंगले बनाइएका बाँध र सडक लगायत संरचनाका कारण नेपालतर्फको  भूभाग डुबानमा परेको उल्लेख गर्दै समाधानका लागि प्रभावकारी कदम चाल्न सरकारलाई ध्यानाकर्षण समेत गराएको छ। 

सचिव योगेश भट्टराईले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ- हिजो सप्तरीको तिलाठी नजिकै भारतबाट दसगजा क्षेत्रमा बनाउन लागेको बाँधका कारण नेपाली बस्ती डुबानमा परेको र त्यसको विरोध गर्न जम्मा भएका स्थानीय जनसमुदायमाथि भारतीय भूमिबाट ढुंगामुढा र आक्रमण गरी नेपाली नागरिकहरुलाई घाइते बनाइएको घटनाको निन्दा र भर्त्सना गर्दछ।'

एमालेले राष्ट्रिय हित र स्थानीय समुदायको सरोकारलाई ध्यानमा राख्दै कूटनीतिक माध्यमबाट समस्याको दीर्घकालीन समाधान गर्न सरकारको ध्यानाकर्षण समेत गरेको छ। 

त्यस्तै एमाले सचिवालय बैठकले देशभर आएको बाढी पहिरोबाट विस्थापितहरुलाई घरबासको व्यवस्था मिलाउन समेत माग गरेको छ। एमालले पार्टीको प्राकृतिक विपत्ति राहत कोषबाट बाढीका कारण ज्यान गएका प्रति परिवारलाई २५ हजार दिने निर्णय समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell