PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सप्तरीको तिलाठी घटना : तत्कालका लागि बाँध निर्माण रोक्ने दुई पक्षीय सहमति, अवस्था सामान्य बन्दै



पहिलोपोस्ट

काठमाडौं : सप्तरी जिल्लाको दसगजामा देखिएको विवाद मिलाउन आज नेपाल र भारतका अधिकारीबीच भएको छलफलले तत्कालका लागि बाँध निर्माण कार्य रोक्ने सहमति भएको छ।
 
नेपालबाट जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग र भारतका जनसंशाधन विभागका अधिकारीबीच करिब दुई घन्टासम्म भएको छलफलले यस्तो निर्णय गरेको हो।
 
छलफलमा दुवैतर्फबाट संयुक्त टोली गठन गर्ने निर्णय समेत भएको छ। टोलीले घटना भएको स्थलको यथाशीघ्र अध्यान गरी सुझाव सहितको प्रतिवेदन समते तयार पार्नेछ। उक्त प्रतिवेदनपछि पुन: संयुक्त छलफल गर्ने निर्णय भएको सप्तरी जिल्लाका प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिए।
 
दुई पक्षबीच सहमति भएपछि अहिले सप्तरीको तिलाठी क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। एसपी ढकालका अनुसार अहिले त्यस क्षेत्रमा परिचालित सुरक्षाकर्मीको संख्या घटाउदै लगिएको छ।

बिहीवार भारतीयले एकतर्फीबाट बाँध निर्माण गर्न थालेपछि नेपाली पक्षले बाँध हटाउन जाँदा आक्रमण भएको थियो। घटनामा १२ जना नेपालीहरु घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell