PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

बास्टिन स्वाइन्स्टाइगरद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



पहिलोपोस्ट

बास्टिन स्वाइन्स्टाइगरद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

विश्व विजेता जर्मनीका कप्तान बास्टिन स्वाइन्स्टाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
 
जोसे माउरिन्हो म्यानचेस्टर युनाइटेडको व्यवस्थापक बनेयता क्लब करिअर अनयोलमा रहेका बेला जर्मन मिडफिल्डरले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन्।
 
सन्यास लिएको घोषणा गर्दै उनले फेसबुकमा लेखेका छन्, 'मैले मुख्य प्रशिक्षकलाई अब राष्ट्रिय टीममा मलाई छनोट नगर्न भनिसकेको छु, म आफ्ना समर्थक, राष्ट्रिय टीम, फुटबल संघ लगायत सबैलाई धनयवाद दिन चाहन्छु।'
 
३१ वर्षे मिडफिल्डर सन् २०१४ मा जर्मनीले विश्वकपको उपाधि जित्दा जर्मन टोलीका उपकप्तान थिए। त्यसलगत्तै तत्कालीन कप्तान फिलिप लाहमले सन्यास लिएपछि स्वाइन्सटाइगर जर्मनीको कप्तान बने।
 
स्वाइन्स्टाइगर जर्मनीका लागि चौथो सर्वाधिक खेल खेल्ने खेलाडी समेत हुन्। उनले जर्मनीका लागि १२० क्याप जितेका छन्। उनीभन्दा अगाडि लोथर म्याथ्युज १५०, मिरोस्लाभ क्लोज १३७ र लुकास पोडोल्स्की १२९ रहेका छन्।
 
सन् २००४ मा जर्मनीका लागि डेब्यु गरेका स्वाइन्स्टाइगरले युरोकपमा जर्मनीबाट सर्वाधिक १८ खेल खेल्ने कीर्तिमान समेत बनाएका छन्।

फ्रान्समा सम्पन्न युरोकप २०१६ मा स्वाइन्स्टाइगरको नेतृत्वमा रहेको जर्मनी सेमिफाइनलमा आयोजकसँग पराजित हुँदै बाहिरिएको थियो।
 
'म युरोकपको उपाधि जित्न एकदमै चाहन्थेँ, जुन सन् १९९६ पछि जर्मनीले जित्न सकेको थिएन,' वायर्न म्युनिखका पुर्व खेलाडी समेत स्वाइन्सटाइगरले भने, 'तर यो हुन सकेन र मैले यसलाई स्विकानैपर्छ- हामीले जित्न सकेनौं।'
 
नयाँ खेलाडीको आगमनपछि माउरिन्होले स्वाइन्स्टाइगर लगायत ९ खेलाडीलाई म्यानचेष्टर युनाइटेड छाड्न भनिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell