PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

बाढीले सडक भत्काएपछि ठोरी-भरतपुर सडक सम्पर्क विच्छेद



पहिलोपोस्ट

वीरगन्ज : चितवनसँग पर्साका दुर्गम तीन गाविसको सम्पर्क टुटेको छ। अविरल वर्षाको कारण ठोरी–माडी–भरतपुर सडकखण्डको माडीदेखि ठोरीसम्मको सडकखण्ड बाढीले ठाउँठाउँमा भत्काएपछि सडक सम्पर्क टुटेको हो।

सडक अवरुद्ध भएपछि पर्साको सुवर्णपुर, निर्मलबस्ती, ठोरी गाविसका जनताहरु भरतपुर आउजाउ गर्न पाएका छैनन्। सुवर्णपुर–ठोरी–माडी हुँदै काठमाडौं चल्ने बस सेवा पनि बिहीबार रातिदेखि ठप्प भएको बस व्यवसायीहरुले बताएका छन्। काठमाडौंबाट आउने बस भने शुक्रबारदेखि आउन नसकेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रधुमन अधिकारीले बताए।
 
सुर्वणपुर–ठोरी–माडी–भरतपुर सडकखण्डमा बस सेवा अवरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन्। उनीहरु आवश्यक कामका लागि ६५ किलोमिटर लामो दुरीको रुट वीरगन्ज पुगेर चितवन तथा काठमाडौं आउजाउ गर्न बाध्य छन्। सुर्वणपुर–ठोरी–माडी भरतपुर रुटमा दैनिक ५ वटा बस चल्ने गर्छन्। ठोरीको ढेडुखोला, अमुवाखोला र चितवन राष्ट्रिय निकुञ्जको जङ्गल क्षेत्रको खोल्साहरुमा बाढी आएपछि सडक भत्किएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell