PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

राजनीतिक समझदारीका लागि कांग्रेस, माओवादी र मोर्चाले बनाए कार्यदल, १८ गतेसम्म सहमति खोजिने ​



पहिलोपोस्ट

राजनीतिक समझदारीका लागि कांग्रेस, माओवादी र मोर्चाले बनाए कार्यदल, १८ गतेसम्म सहमति खोजिने ​

काठमाडौं : नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेसी मोर्चाको संयुक्त बैठकले राजनीतिक समझदारीका लागि ९ सदस्यीय कार्यदल गठन गरेको छ।
 
आज राज्यव्यवस्था समितिको सभाहल सिंहदबारमा बसेको संयुक्त बैठकले राजनीतिक समझदारीका निम्ति तीन वटै दलबाट तीन-तीन जना रहेको एक समिति निर्माण गरेको हो। उक्त कार्यदलले साउन १८ गतेसम्म सहमति खोजिने योजनाअनुरुप भोलिदेखि नै काम थाल्नेछ।

छलफलमा मधेसवादी दलहरुले भने नयाँ सरकारका लागि सत्ता समीकरणभन्दा पनि पहिले मधेसका मुद्दा सम्बोधन गर्नुपर्ने सर्त अगाडि सारेका छन्। उनीहरुको मागलाई सरकारले सम्बोधन गर्ने भएकाले र सरकारमा सहभागी हुन कांग्रेस-माओवादीले आग्रह गरेको एक माओवादी नेताले बताए। तर, १८ गतेसम्म मोर्चाले अघि सारेका मुद्दाबारे सहमति गरेमात्रै सरकारमा जाने या नजाने भनेर सोच्न सकिने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए।

राष्ट्रपतिले सहमतिको सरकार बनाउन दिएको सात दिनको समय कायम रहेकै अवस्थामा सम्भावित नयाँ गठबन्धनका लागि दलहरु जुटेका हुन्।
 
बैठकमा कांग्रेस-माओवादी केन्द्र गठबन्धनद्वारा प्रस्तावित प्रधानमन्त्रीको उम्मेदवार पुष्पकमल दाहाल 'प्रचण्ड', कांग्रेस सभापति शेरबहादुर देउवा, मधेसी मोर्चाका नेताहरु राजेन्द्र महतो, ह्रदयेश त्रिपाठी लगायतका नेताहरु सहभागी थिए। 
फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell