PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल सञ्चालनमा



पहिलोपोस्ट

अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल सञ्चालनमा

काठमाडौं : अब नेपालमै अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल सञ्चालनमा आएको छ।
 
राजधानीको धुम्बाराही, हाँडीगाउँमा रहेको धन्यन्तरी फुटसल प्रालिले धन्यन्तरी स्विमिङ पुल सञ्चालनमा ल्याएको हो। शनिबार नेपाली पौडीबाज शिरीष गुरुङले एक कार्यक्रमका बीच उक्त पुलको उद्घाटन गरे।
 
१३ वर्षअघि यस्तै पुलबाट करिअर सुरु गरेको बताउँदै शिरीषले यस्ता नयाँ स्विमिङ पुलबाट नयाँ प्रतिभाहरु निस्कने विश्वास व्यक्त गरे।
 
२ करोड ५० लाखको लागतमा निर्मित उक्त स्विमिङ पुल फ्रेन्च टक्नोलोजीद्वारा बनाइएको छ।
 
फ्रान्सको म्यागिलाइनल कम्पनीको अत्याधुनिक प्रविधिद्वारा निर्माण गरिएको धन्यन्तरी पुलमा टायलको सट्टा रबरको लाइनर प्रयोग गरिएको छ। यस्तो प्रयोग भएको यो नेपालकै पहिलो स्विमिङ पुल भएको धनयन्तरीका अध्यक्ष मदन कोइरालाले दाबी गरे।
 
१५ गुणा २५ को क्षेत्रफलमा रहेको उक्त पुलमा उमेर समूहको प्रतियोगिता आयोजना गर्न सकिने र बालबालिकाको लागि छुट्टै बेबी पुलको समेत निर्माण गरिएको छ।
 
'पौडी स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि' भन्ने मूल नारा सहित खेलकुद क्षेत्रमा स्थापित हुने क्रममा रहेको यस संस्थाले फुटसल र साउना स्विमको सफल सञ्चालन गरिसकेको छ।
 
धनयन्तरी फुटसल र स्विमिङ पुल कुल १२ रोपनी क्षेत्रफलमा सञ्चालित छ। फुटसल र स्विमिङ पुलपछि धन्यन्तरी फुटसल प्रालिले इन्डोर क्रिकेट, इन्डोर ब्याड्मिन्टन, बास्केटबल, जीम हल लगायतका भावी कार्ययोजना तयार पारेको कोइरालालो बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell