PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

पौडी खेलाडी शिरीष गुरुङ सम्मानित



पहिलोपोस्ट

पौडी खेलाडी शिरीष गुरुङ सम्मानित

काठमाडौं : रियो ओलम्पिक खेल्न जान लागेको नेपाली पौडीबाज शिरीष गुरुङ सम्मानित भएका छन्।
 
शिरीषलाई राजधानीको धुम्बाराहीमा रहेको धन्यन्तरी फुटसल प्रालिले शनिबार नगदसहित सम्मान गरेको हो।
 
धन्यन्तरी स्विमिङ पुलको उद्घाटन कार्याक्रमको अवसरमा उनलाई ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो।
 
रियो ओलम्पिक २०१६ मा सहभागिता जनाउन जानुअघि यस्तो प्रकारको सम्मानले थप हौसला मिलेको शिरीषले बताए। 'मेरो लागिमात्र होइन, कुनै पनि खेलाडीको लगि यस्तो प्रकारको सम्मानले अझ राम्रो गर्न थप हौसला मिल्छ,' उनले भने।
 
१३ वर्षअघि आफूले पनि यस्तै खालको पौडी पुलबाट करिअर सुरु गरेको र पछि मात्र सातदोबाटो गएको उनले सम्झिए।
 
यसअघि बिहीबार मात्र भाटभटेनी सुपर मार्केटले शिरीषलाई १ वर्षको लागि आफ्नो ब्राण्ड एम्बासडरमा नियुक्त गरेको थियो। जसका लागि शिरीषले मासिक १ लाख पाउनेगरी वार्षिक १२ लाख प्राप्त गर्ने सम्झौता भएको थियो।

४५ पटक राष्ट्रिय किर्तीमान भंग गरिसकेका १७ वर्षिय शिरीष पहिलो पटक ओलम्पिकमा सहभागी हुन आइतबार ब्राजिल प्रस्थान गर्दैछन। जहाँ उनले १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell