PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

स्विडिस नागरिकमा किन घट्यो सेक्स मोह? चिन्तित बनेको सरकारले गर्दैछ अनुसन्धान



पहिलोपोस्ट

स्विडिस नागरिकमा किन घट्यो सेक्स मोह? चिन्तित बनेको सरकारले गर्दैछ अनुसन्धान

सेक्स हरेक व्यक्तिको इच्छा र चाहना हुन्छ। धेरैलाई यो चासोको विषय पनि हो तर सबैको लागि सेक्स उत्तिकै चाहनाको विषय बन्ला त?
 
स्विडेनमा एक अध्ययनले के देखाएको छ भने स्विडिस जनताहरुमा सेक्सको मोह भंग भएको छ। त्यहाँको सरकार यस विषयलाई लिएर निकै चिन्तित छ यति बेला।
 
स्विडिस मिडियामा आएको रिपोर्ट अनुसार त्यहाँका जनताहरुमा सेक्स गतिविधिमा ह्रास आएको छ। स्विडिस सरकारले त्यहाँका जनताको बेडरुम ह्याबिटबारे अनुसन्धान गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
 
२० वर्षपछि स्कान्डिनेभियन देशमा सेक्सबारे अनुसन्धान हुन लागेको यो पहिलो पटक हो। त्यहाँका पब्लिक हेल्थ मिनिस्टर गाब्रियल विक्स्ट्रेमले अर्को नयाँ अनुसन्धानको लागि समय आइसकेको बताएका छन्।
 
सन् २०१९ मा सम्पन्न हुने अनुमान गरिएको अनुसन्धानको मुख्य उद्देश्य उनीहरुले थोरै सेक्स राखे/नराखेको पत्ता लगाउनु भएको बताइएको छ। 'यसको बारेमा अनुसन्धान गर्नु एकदमै महत्वपूर्ण भइसकेको छ, यो साँचो हो कि होइन, यदि हो भने यसको कारण के हो?' गाब्रियलले डागेनस नाएटर न्युजपेपरमा आफ्ना विचार राख्दै लेखेका छन्।
 
यदि तनाव र अरु स्वाथ्यसँग सम्बन्धित विषयका कारण स्विडेनी जनताको सेक्स जीवनमा असर परेको हो भने यो राजनीतिक समस्या समेत भएको उनको भनाइ छ।
 
सेक्स नितान्त व्यक्तिगत विषय नभएको र सेक्स गतिविधि मानव स्वास्थ्यको महत्वपूर्ण विषय भएको समेत उनले भनेका छन्।
 
नयाँ गर्न लागिएको अनुसन्धान स्विडेनको पब्लिक हेल्थ एजेन्सीले गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell