
काठमाडौं : ‘ङ समूह’ले ‘युवा लेखकहरुका लागि नाटक लेखन प्रतियोगिता’ गर्ने भएको छ।
नेपालमा पहिलो पटक हुन लागेको यस्तो प्रतियोगिताको मुख्य उद्देश्य मौलिक सिर्जनालाई प्रोत्साहन गर्ने र विजयी नाटकलाई केही समयसम्म राजधानीमा मञ्चन गर्ने हो। प्रतियोगितामा युवा लेखकहरुलाई प्रशिक्षण समेत दिइनेछ।
'हामी सधैं विदेशी नाटकहरुमा मात्र आश्रित हुनुपर्ने हुनाले पनि यस्तो खालको प्रतियोगिताको आयोजना गर्न लागेका हौं,' आयोजक समूहका अध्यक्ष विमल दाहालले बताए।
नाट्य क्षेत्रमा संवादको सुरुवात गर्ने, नवीन र मौलिक सिर्जनालाई प्रोत्साहित गर्ने साथै साहित्य र नाटकघरहरुलाई जोड्न प्रतियोगिताले पुलको काम गर्ने उनको भनाइ छ।
‘ङ’ समूह र सिद्धार्थ आर्टस् फाउण्डेशन एजुकेशन इनिसिएटिभको सहकार्यक र डेनिश सेन्टर फर कल्चर एण्ड डेभलोप्मेन्टको सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
अनुप बराल, उपेन्द्र सुब्बा र आन्विका गिरी प्रतियोगितको निर्णायकका रुपमा रहेका छन्। प्रतियोगिताको प्रकाशनमा सांग्रिला बुक्सले सहयोग गर्नेछ भने मण्डला थिएटर प्रतियोगिता हुनेछ।