काठमाडौं : चिकित्सा क्षेत्रको बेथितिविरुद्ध आठौं पटकसम्म अनसन बसिसकेका डा. गोविन्द केसी आफैं शनिबार आफ्ना समर्थकका साथमा प्रदर्शन उत्रिएका छन्।
ठूलो संख्यामा रहेका समर्थकसँगै डा. केसीले राजधानीको माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म पैदल यात्रा गरे। आठौं पटकको अनसनमा चार बुँदे सम्झौता गरी गएको सोमबार अनसन तोडेका उनले सम्बोधन पनि गरेका छन्।
आफ्नो आन्दोलनमा साथ दिने र सहयोग गर्नेहरुलाई धन्यवाद दिएका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई 'भ्रष्टाचारको नायक'को संज्ञा दिए। सांसदहरुलाई लोकतन्त्र वा लोकमान एक रोज्न भन्दै डा. केसीले लोकमानतन्त्र अन्त्य गर्न नसक्ने हो भने राजीनामा दिन आग्रह गरे।
उनले अख्तियार प्रमुखले आफ्नो क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको तथा संविधानभन्दा माथि गएर सत्ता चलाइरहेको आरोप समेत लगाए।
उनका समर्थकहरुले अख्तियार प्रमुख कार्कीविरुद्ध पनि प्रदर्शन गरेका थिए। 'सांसदलाई ढाँट्न पाइँदैन, ढाँट्ने आयुक्त चाहिँदैन' लगायतका प्लेकार्ड बोकेका उनीहरुले अख्तियार प्रमुखको सम्पत्ति विवरण पेश गर्न पनि माग गरे। (केही फोटो राससबाट लिइएको हो)