PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

सर्वोच्चका लागि ११ न्यायाधीश सर्वसम्मतले अनुमोदन



पहिलोपोस्ट

सर्वोच्चका लागि  ११ न्यायाधीश सर्वसम्मतले अनुमोदन

काठमाडौँ : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ११ जना न्यायाधीशको नाम सर्वसम्मतले अनुमोदन गरेको छ।

गत वर्षको १८ फागुनमा न्यायपरिषद्ले सर्वोच्च अदालतमा नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको थियो। उनीहरुको बिहीबार र शुक्रबार सुनुवाई भएपनि अनुमोदन बाँकी रहेको थियो। आइतबार बसेको समितिको बैठकले नाम सर्वसम्मतले अनुमोदन गरेको हो। राष्ट्रपतिले नियुक्त गरेपछि उनीहरुलाई प्रधान न्यायाधीशले सपथ खुवाउनेछिन्।

दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भरलाल श्रेष्ठ, इश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपनाप्रधान मल्लको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएको हो।

सर्वोच्च अदालतमा हाल ९ जना न्यायाधीश रहेका छन्। ११ जना न्यायाधीश थप भएपछि सर्वोच्चमा न्यायाधीशको संख्या २० पुग्नेछ।  नेपालको संविधानको धारा १ सय २९ मा सर्वोच्च अदालतमा प्रधान न्यायाधीशको अतिरिक्त २० जना न्यायाधीश रहने व्यवस्था रहेको छ। संविधान अनुसार सर्वोच्चमा अब थप एक जना न्यायाधीशको पद खाली रहेको छ। 


सम्बन्धित समाचार - के सपनाको प्रधानमन्त्री बन्ने बाटो सकियो? 

सम्बन्धित समाचार - 'मन्त्री हुनुपर्ने मान्छे न्यायाधीश?'

सम्बन्धित समाचार - संसदीय सुनुवाइ : विषयगत अध्ययनबिनै उपस्थित सांसदबाट व्यक्तिगत र सन्दर्भबाहिरका प्रश्नको ओइरो

सम्बन्धित समाचार - दलीय राजनीतिले गिजोलिएको न्यायाधीश नियुक्ति

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell