PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

संघाई ग्रुपका ​रतन संघाई लागू औषध कारोबार गरेको आरोपमा पक्राउ



सविन ढकाल

संघाई ग्रुपका ​रतन संघाई लागू औषध कारोबार गरेको आरोपमा पक्राउ

काठमाडौं : लामो समयदेखि औषधी र ग्यास व्यवसायीका रुपमा परिचित रतन संघाईलाई प्रहरीले पक्राउ गरेको छ। व्यवसायिक घराना संघाई ग्रुपका प्रमुख हस्ती रतनलाई लागू औषधी नियन्त्रण व्यूरोबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको हो।

लागू औषध बनाउन प्रयोग हुने सिउडोइफेड्रिक नामको पदार्थ आयत गरी लागू औषधको कारोबारीलाई बेचेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले संघाईको कम्पनीबाट ४ सय ९२ किलोग्राम सिउडोइफेड्रिक समेत बरामद गरेको व्युरोका डिएसपी अपिल बोहोराले पहिलोपोस्टलाई जानकारी गराएका छन्।

व्युरोले आज दिउँसो पत्रकार सम्मेलन गरी संघाईको कर्तुतलाई थप बाहिर ल्याउने छ। संघाईले लागू औषधमा प्रयोग हुने सिउडोइफेड्रिनको चीन तथा वर्मा आयात गर्ने गरेको बोहोराले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell