PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

​दुई बस ठोक्किँदा सनाखतमा समस्या, कुन बसका कति यात्रु मारिए अझै खुलेन



सविन ढकाल

​दुई बस ठोक्किँदा सनाखतमा समस्या, कुन बसका कति यात्रु मारिए अझै खुलेन

काठमाडौं : बस चालकको लापर्वाहीका कारण दुर्घटना भए पनि बसभित्र कोको थियो खुल्दैन। मरेका या घाइते भएकाहरु कहाँका हुन् पत्तो हुँदैन। बस सञ्चालक र त्यसमाथि सिन्डिकेट लगाउनेहरुसँग यात्रुको यथार्थ विवरण नै हुँदैन। जसले दुर्घटना हुँदा लामो समयसम्म पहिचान खोज्दै बित्छ समय। गत राति भएको बस दुर्घटनामा भयो यस्तै। दुई यात्रुबाहक बस ठोक्किए। १२ घन्टा बित्दासमेत प्रहरीले मर्नेहरु कुन बसका हुन् पहिचान गर्न सकेको छैन।

काठमाडौंबाट झापाको काकरभिट्टातर्फ गरेको ना ५ ख ५०५५ नम्बरको अग्नि यातायात सेवाको बस र उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४०६४ नम्बरको इमेज रात्रिबस नारायणगढ सडकखण्डको रमनटारमा राति एक आपसमा ठोक्किँदा नौ जनाको मृत्युभएको थियो। मृत्यु हुनेमध्ये अधिकांश अग्नि बसको यात्रु हुनसक्ने मकवानुपर ट्राफिकका प्रहरी निरीक्षक कृष्णबहादुर थापाले पहिलोपोस्टलाई जानकारी दिए।

मृत्य हुनेमा उदयपुरका मणिरत्न चौधरी, विनोद चौधरी, सन्तोष चौधरी, मुस्कान चौधरी र काठमाडौंका लक्ष्मी प्रसाद अधिकारीको मात्र नाम खुल्न सकेको छ। अन्य चार जनाको नाम भने अझै खुल्न सकेको छैन। प्रहरी निरीक्षक थापाले दिएको जानकारी अनुसार अग्नि यातायातले काठमाडौबाट २५ जना यात्रु मात्र बोकेर आएको खुल्न आएको छ। बीचमा कति यात्रु चढे र कति बीचमै ओर्लिएकाले मृत्यु हुनेको सनाखत हुन समय लागेको हो। त्यस्तै प्रहरीले मृत्यु हुनेमध्ये कुन बसमा सवार थिए भन्ने समेत छुट्याउन हम्मेहम्मे परेको छ। दुर्घटनाको प्रकृति हेर्दा अग्निमा बढी क्षति पुगेको छ। क्षति भएका कारण नै अग्निका यात्रु नै मृत्यु भएको हुनुपर्ने प्रहरीको अड्कलबाजीमा मात्रै सीमित छ।

लामो दुरीको बसले पछिल्लो समय गाडि काउन्टरबाट छुटेपछि बीचमा यात्रु चढाउने गरेकाले पनि प्रहरीलाई सनाखत गर्न ग्राहो हुने गरेको हो। नियम अनुसार कुनै पनि सवारी साधनमा यात्रा गर्दा टिकट अनिर्वाय छ। तर पछिल्लो समय टिकट नकाटी नै यात्रा गर्दा यस्ता समस्या आउने गरको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका कार्यबहाक अध्यक्ष डोलनाथ खनाल नियम भए पनि सरकार र व्यवसायी दुवैले यस विषयमा चासो नदिँदा समस्या हुने गरेको बताउँछन्। भन्छन, 'चालक र सहचालकले केही पैसाको लोभमा टिकट नकाटी चढाउने गर्दा समस्या भएको हो।'
मकवानपुरमा मात्र होइन जति पनि दुर्घटना हुन्छ त्यसपछि मृतकको सनाखत हुन समस्या आउने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell