PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

'सोल्टिनी'सँगै आए सुसन



पहिलोपोस्ट

'सोल्टिनी'सँगै आए सुसन

काठमाडौं : लिम्बु भाषाका गायक सुसन साम्सोहाङ लिम्बुको नेपाली गीति एल्बम ‘सोल्टिनी’ सार्वजनिक भएको छ।
 
मण्डला थिएटरमा आयोजित एक सांगीतिक समारोहमा संगीतकार राजु सिंह, गायक सत्यराज आचार्य, व्यंग्यकार मनोज गजुरेल तथा एमाले नेता योगेश भट्टराईसहितले एल्बम विमोचन गरेका हुन्।
 
‘सोल्टिनी’ एल्बममा पाँच गीत समावेश छन्।
 
तीन वर्षअघि ‘सुसन’ शीर्षकको एल्बममार्फत नेपाली सांगीतिक क्षेत्रमा डेब्यु गरेका सुसनले ‘सोल्टिनी’ एल्बमका गीतहरुमा हरि लम्साल, उत्तमराज लिम्बु, खेमराज गुरुङ, विक्रम थापा तथा आफ्नै संगीतका गीत गाएका छन्। नरेश भट्टराई, उत्तमजंग थापा, खेमराज गुरुङ, सन्तोष मादेन तथा रमेश अधिकारीले एल्बमका गीतहरु रचना गरेका हुन्।
 
ताप्लेजुङका यी गायकको एल्बम विमोचन समारोहमा उपस्थित उनकै गाउँले व्यंग्यकार मनोज गजुरेल तथा नेता योगेश भट्टराईले एल्बमका गीतहरुको सफलताको शुभकामना दिए।
 
समारोहमा एल्बमको शीर्षगीत ‘सोल्टिनी’ को म्युजिक भिडियो प्रिमियर गरियो। युगल पोमुद्वारा निर्देशित उक्त भिडियोमा पार्वती राई तथा धर्मेन्द्र आचार्यले अभिनय गरेका छन्।
 
एल्बममा ‘सोल्टिनी’, ‘गाँसौंला आज’, ‘यो मिठो’, ‘बैसको बेलामा’ तथा ‘हिमाल राम्रो’ शीर्षकका गीत समावेश छन्। ‘हिमाल राम्रो’ युगल गीत हो, जसमा गायक सुसनलाई झुमा लिम्बुले साथ दिएकी छिन्।
 
रुबुशा क्रिएसन वर्क्सले एल्बमको बजार व्यवस्थापन गर्नेछ।
 

‘सोल्टिनी’ गीतको म्युजिक भिडियो :

फोटो : नवीनबाबु गुरुङ
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell