PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

२५ हजार फिट माथिबाट बिनाप्यारासुट हामफाल्दै लुक अइकिन्सले राखे विश्व रेकर्ड



पहिलोपोस्ट

२५ हजार फिट माथिबाट बिनाप्यारासुट हामफाल्दै लुक अइकिन्सले राखे विश्व रेकर्ड

अमेरिकी स्काई डाइभर लुक अइकिन्सले २५ हजार फिटमाथिबाट बिनाप्यारासुट हामफाल्दै विश्व कीर्तिमान कायम गरेका छन्।
 
हेभन सेन्ट नाम दिइएको उक्त स्टन्टमा ४२ वर्षे अइकिन्सले प्यारासुट र विङ्गसुटबिनै हामफालेका हुन्।
 
क्यालिफोर्निया डिजर्टमा उनी उच्च प्रविधिको १० हजार स्क्वायर फिट नेटमा सफलतापूर्वक अवतरण भएका थिए। अइकिन्सलाई २५ हजार फिटमाथिबाट हाम फाल्न दुई मिनेट समय लागेको थियो।
 
उक्त नेटबाट बाहिर निस्केपछि उनले आफ्नी श्रीमती मोनिसकालाई कसिलो अँकमाल गरेका थिए। मोनिकासँगै अइकिन्सका चार वर्षे छोरा, उनका बाबु, दाजु र बहिनीले उक्त जम्प प्रत्यक्ष हेरेका थिए।
 
उनको उक्त जम्पलाई फस्क नेटवर्कमार्फत टेलिभिजनमा लाइभ प्रसारण गरिएको थियो। जसका लागि एक घण्टाको विशेष कार्यक्रम चलाइएको थियो।
 
सफलतापूर्वक जम्प गरिसकेपछि अइकिन्सले दुई वर्षदेखि यस जम्पको लागि तयारी गर्दै आएको बताए। उनले यसअघि १८ हजार प्यारासुट जम्प गरिसकेका छन् भने 'आइरन म्यान थ्री' फिल्म र अन्य विभिन्न स्टन्ट समेत गरिसकेका छन्।
 
अइकिन्स आफ्नो परिवारको तेस्रो पुस्ताका स्काई डाइभर हुन्। उनका हजुरबुबाले दोस्रो विश्वयुद्धपछि नै स्काई डाइभको स्कुल खोलेका थिए। उनको परिवारको वासमा स्काई डाइभ कापोसिन कम्पनी समेत रहेको छ।

अइकिन्स युनाइटेड स्टेट प्यारासुट एसोसिएशनको सेफ्टी र ट्रेनिङ एड्भाइजरको रुपमा काम गर्छन्, जहाँ उनले एलाइट मिलिटिएर स्पेशल फोर्सलाई स्काई डाइभको आधुनिक तालिम दिनेछन्।

हेर्नुस् भिडियो :
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell