
माइकल म्याथ्यु जो अहिले यो संसारमा छैनन्। सन् १९९९ मा सगरमाथा आरोहणका क्रममा भएको घटनामा उनको मुत्यु भएको थियो।
उनका भाइ हुन् जेम्स म्याथ्यु र जेम्सकी प्रेमिका हुन् पिप्पा मिडलटन। जेम्सकी प्रेमिकाभन्दा पहिला पिप्पा केट मिडलटनकी बहिनी हुन्। ३२ वर्षीय पिप्पाको पूरा नाम फिलिप्पा चार्लोट मिडलटन हो।
केट मिडलटन बेलायती युवराज विलियम्सका श्रीमती अर्थात् क्याथरिन डचेज अफ क्याम्ब्रिज हुन्।
अहिले पिप्पा स्विट्जरल्याण्डका म्याटरहन पर्वत चढेका कारण चर्चामा छिन्। कारण उनले आफ्ना प्रेमी जेम्सका दाइ (जसले सगरमाथामा आफ्नो ज्यान गुमाएका थिए) माइकल म्याथ्युजका सम्मानमा उक्त पर्वतको आरोहण गरेकी हुन्।
यस क्रममा उनका हुनेवाला श्रीमान् जेम्स भावुकताका कारण उनलाई साथ दिन गएनन् तर पिप्पालाई उनकै २९ वर्षे भाइ जेम्स मिडलटनले भने साथ दिए।
उनीहरुले माइकल म्याथ्युको नाममा सञ्चालनमा रहेको च्यारिटीमा रकम जम्मा गर्नका लागि १४ हजार ६७२ फिटको उक्त पर्वतको आरोहण गरेका हुन्।
म्याटरहनको सफल आरोहणपछि पिप्पाले आरोहण रहस्यबारे खुलाएकी छन्।
'विश्वकै सुन्दर माउण्डटेनको आरोहण गर्न पाउँदा र अर्को पर्वत चढ्ने क्रममा आफ्नो ज्यान गुमाएका योङ म्यानको सम्झनामा स्थापना गरिएको च्यारिटीमा रकम जम्मा गर्न पाउँदा एकदमै खुसी छु,' उनले भनिन्।
'यसअघि नै मैले माइकल म्याथ्यु फाउण्डेशनका लागि रकम उठाउँदै आएको थिएँ,' उनले थप भनिन्, 'अब यो म र मेरो परिवारको लागि अझै महत्वपूर्ण बनेको छ।'
गत साता मात्र जेम्ससँग पिप्पाको इन्गेजमेन्ट भइसकेको छ।
उक्त फाउण्डेशनबाट उठेको रकम विश्वका विभिन्न देशको दुर्गम गाउँमा रहेको स्कुले बालबालिकाको लागि खर्चे गरिने बताइएको छ। बर्मा, थाइल्याण्ड, नेपाल तान्जानिया जस्ता देशमा स्कुल भवनहरु बनाउन सहयोग गरिने समाचारमा उल्लेख छ। एजेन्सीको सहयोगमा