PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

गर्लफ्रेन्डको विषयमा ग्याङफाइट हुँदा एक किशोरको मृत्यु



सविन ढकाल

काठमाडौं : १८ वर्षीय सुशान्त श्रेष्ठ र मनिषा (नाम परिर्वतन) बीच केही समयअघिदेखि प्रेम सम्बन्ध थियो। उनीहरु त्यो सम्बन्धमा रमाइरहेका थिए।
 
सुशान्तअघि भने मनिषा सौरभ श्रेष्ठसँगको प्रेम सम्बन्धमा बाँधिएकी थिइन्। तर उनीसँगको सम्बन्ध लामो समय रहन सकेन। खटपट सुरु भएपछि मनिषा अलग्गिइन्।
 
र, जोडिइन् सुशान्तसँग।
 
सम्बन्ध टुटेको लामो समय भए पनि कहिलेकाहीँ पूर्वप्रेमी सौरभले मनिषालाई फोन गर्ने गर्थे। यो कुरा सुशान्तलाई पनि थाहा थियो।
 
मनिषाले यसरी फोन नगर्न भने पनि सौरभले मानेनन् र पटकपटक फोन गरिरहे।
 
सायद सौरभलाई सहन गाह्रो हुँदै गयो। उनले मनिषाका पूर्वप्रेमीलाई भेट्ने नै निर्णय गरे।
 
गएको साउन ८ गते साँझको ६ बजेतिर उनीहरुको भेट भयो- सोह्रखुट्टेमा। तर त्यहाँ दुई जनामात्रै थिएनन्। आफ्नातर्फका साथीभाइको ग्याङ पनि थियो।
 
सौरभले प्रेमिकालाई फोन गरेको विषयबाट कुरा झिके। तर यही कुरालाई लिएर दुई पक्षबीच विवाद चर्कियो। यतिसम्म कि दुवैतर्फबाट हात हालाहालसम्म हुन पुग्यो।
 
छेउछाउमा भेटिएका इँटा, ढुंगा र रडसम्मको प्रहार हुन थालेपछि सुशान्तका साथीहरु त्यहाँबाट हिँडे तर उनी एक्लै रहे।
 
एक्लो सुशान्तमाथि सौरभका साथीले निरन्तर रड र ढुंगा बर्साइरहे। केही समयपछि स्थानीय र प्रहरीले छुट्याएपछि गम्भीर घाइते सुशान्तलाई काठमाडौं अस्पताल पुर्‍याइयो।
 
उनै घाइते सुशान्तको आइतबार बिहान २ बजे मृत्यु भएको छ।
 
महानगरीय प्रहरी वृत्त सोह्रखुटेका डिएसपी सोमेन्द्र सिंहका अनुसार अहिले उक्त घटनामा संलग्न ११ जना प्रहरीको नियन्त्रणमा छन्।
 
'प्रेम सम्बन्धकै कारण यस्तो घटना समाजमा बढिरहेका छन्,' सिंह भन्छन्, 'किशोर र युवावस्थामा हुने अपरिपक्व प्रेमको नतिजा यो पनि हो। यस्तोमा अभिभावकले छोराछोरीको विशेष ख्याल राख्नैपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell