PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

राहत वितरणलाई तीव्रता दिन कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन



पहिलोपोस्ट

राहत वितरणलाई तीव्रता दिन कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन

काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राहत संकलन र वितरण अभियानलाई तीव्रता दिन पार्टी मातहतको युवा संगठनलाई निर्देशन दिएका छन्।
 
बाढी पहिरो पीडितका लागि सरकारले प्रभावकारी राहत वितरण र उद्धार कार्य गर्न नसकेको आरोप लगाउँदै अध्यक्ष यादवले पार्टी निकट युवाहरुलाई त्यस कार्यका होमिन निर्देशन दिएका हुन्।
 
पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा समाजवादी युवा फोरमको सम्पन्न कार्य समितिको तेस्रो बैठकलाई सम्बोधन गर्दै यादवले भने, ‘राहत संकलन र वितरण कार्यलाई प्रभावकारी ढंगले बाढी पहिरो पीडितसम्म पुर्‍याउनु हाम्रो प्राथमिकता हो, यसका कुनै कसर बाँकी राख्नु हुन्न।’ बाढी पहिरो पीडितहरुलाई राहत वितरण, औषधि उपचारको व्यवस्था, उचित बासस्थानको प्रबन्ध गर्न सरकार विफल भएको भन्दै यादवले पीडितको हकमा प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे।
 
राहत संकलन अभियानलाई सुदृढ बनाउन महासचिव अजयकुमार यादवलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। त्यस्तै, दुर्गामणि सुवेदीलाई प्रचार विभाग, अमरेन्द्र यादवलाई विदेश विभाग, जुनु पुनलाई प्रवास विभाग, प्रकाश शर्मालाई खेलकुद विभाग र मनकला लिम्बूलाई महिला विभाग प्रमुख तोकिएको छ। बैठकले संगठनको जिल्ला इन्चार्ज समेत तोकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell