PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

​अनमोलकी नयाँ नायिका अदिती बुढाथोकी, चलचित्र 'कृ' मा गर्नेछन् यी दुईले रोमान्स



पहिलोपोस्ट

​अनमोलकी नयाँ नायिका अदिती बुढाथोकी, चलचित्र 'कृ' मा गर्नेछन् यी दुईले रोमान्स

काठमाडौं: नेपाली चलचित्र स्टार अनमोल केसीको नयाँ फिल्म 'कृ' को लागि नायिका छनोट भएकी छिन्।  'कृ' मा अनमोल केसीसँग अनस्क्रीन देखिने भएकी छिन् मोडल अदिती बुढाथोकी।

अडिसन मार्फत फिल्मको लागि हिरोइन चयन गरिएको हो।

फिल्म युनिटले लिएको अडिशनमा ३० युवतीले आवेदन भरेको जानकारी दिइयो। जसमा २९ प्रतिस्पर्धीलाई पछी पार्दै अदिती फिल्मकी नायिका चुनिएकी हुन्।
 
सुवास गिरी र भुवन केसीको निर्माण रहने फिल्मलाई सुपर काजोल फिल्म्सले प्रस्तुत गर्न लागेको हो। फिल्मको निर्देशन सुरेन्द्र पौडेलले गर्नेछन्।

फिल्म युनिट सुटिङका लागि माघमा मात्र फ्लोरमा उत्रने भएकाले अदिती केहि भारतिय प्रोजेक्टका लागि मुम्बई गएकी छिन्।

फोटो : अदितीको फेसबुकबाट
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell