PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

ब्राजिलमा 'पोकमन गो' नभएपछि ओलम्पिक खेल्ने खेलाडी चिन्तित



पहिलोपोस्ट

ब्राजिलमा 'पोकमन गो' नभएपछि ओलम्पिक खेल्ने खेलाडी चिन्तित

आगामी शुक्रबारबाट ब्राजिलको रियो दि जेनेरियोमा ३१ औं गृष्मकालीन ओलम्पिक सुरु हुँदैछ। खेलकुदको कुम्भ मेलामा सहभागिता जनाउन विश्वभरका खेलाडीहरु ब्राजिल पुग्ने क्रम जारी छ।
 
खेलकुदको सबैभन्दा ठूलो उत्सव हुन लाग्दा पनि ब्राजिलमा समस्याको कुनै कमी नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरिरहेका छन्। कतिपय खेलाडीले जिका भारइसका कारण ओलम्पिकबाट आफ्नो नाम फिर्ता लिइसकेका छन् त कति देशले ओलम्पिक भिलेज बस्न लायक नभएको भन्दै स्थानीय आयोजकको आलोचना गरेका छन्।
 
यसैक्रममा ओलम्पिक आयोजकलाई अर्को चुनौती पनि थपिएको छ। त्यो के भने अहिलेको चर्चित मोबाइल एप गेम 'पोकमन गो' ब्राजिलमा सपोर्ट नगर्ने भएपछि ओलम्पिकमा सहभागी हुने खेलाडीहरु निराश बनेका छन्।
 
दुई हप्ताअघि मात्र लन्च भएको उक्त गेम विश्वका करिब ३० देशमा फैलिसकेको छ तर ओलम्पिक मेला हुने ब्राजिलमा भने पुगेको छैन।
 
'म चाहन्छु ओलम्पिक भिलेजमा 'पोकमन गो'लाई क्याच गर्दै हिड्न पाऊँ,' न्युजिल्याण्डका सकर प्लेअर अन्ना ग्रीनले भने, 'मैले अहिले फोनमा पोकमन पाउन सकिनँ। यो ठिक छ तर रमाइलो गर्नका लागि केही भएकै राम्रो।'
 
पोकमनको उत्पादन कम्पनी गुगल नियनटिक इन्कले ब्राजिलमा उक्त मोबाइल गेमको रिलिज गर्नेबारे केही जवाफ दिइसकेको छैन।
 
यही साता ब्रिटिस कानोयर जोए क्लार्कले ओलम्पिक भेन्युमा पोकमन नभएको भन्दै ट्वीट गरेका छन्।


​यस्तै फ्रेन्च एथ्लेट म्याथिउ पेचेले पनि 'सरी गाइज, नो पोकमन इन ओलम्पिक भिलेज' भन्दै ट्वीट गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell