PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

प्रस्तावित राजदूतहरुको सुनुवाइ आजदेखि सुरु



पहिलोपोस्ट

काठमाडौं : प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ आजदेखि सुरु भएको छ। 
 
संसदीय सुनुवाइ विशेष समितिले विभिन्न देशका लागि प्रस्तावित २१ राजदूतको सुनुवाइ आजदेखि सुरु गरेको हो।
 
आजको सुनुवाइमा भने चार जना रहनेछन्। सुनुवाइ हुने प्रस्तावित राजदूतहरुमा पाकिस्तानका लागि सेवा लम्साल अधिकारी, ब्राजिलका लागि ताराप्रसाद पोखरेल, भियनास्थित राष्ट्रसंघीय कार्यालयका स्थायी प्रतिनिधि प्रकाशकुमार सुवेदी र संयुक्त अधिराज्य (बेलायत) का दुर्गाबहादुर सुवेदी रहेका छन्। प्रस्तावित राजदूतमाथि नौ वटा उजुरी परेका छन्।
 
सरकारले २१ विभिन्न देशका लागि राजदूत सिफारिश गरेको थियो। प्रस्तावित राजदूतहरुको नाम सुनुवाइअघि नै एग्रिमोका लागि प्रक्रिया अगाडि बढाएको भन्दै समितिले सरकारलाई हिजो सचेत गराएपछि आजबाट सुनुवाइ अघि बढेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell