PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एमालेले प्रधानमन्त्रीका लागि कुनै उम्मेदवार नउठाउने, प्रचण्डको विपक्षमा मतदान गर्न आह्वान



सविन ढकाल

एमालेले प्रधानमन्त्रीका लागि कुनै उम्मेदवार नउठाउने, प्रचण्डको विपक्षमा मतदान गर्न आह्वान

काठमाडौँ : नेकपा एमालेले भोलि हुने प्रधानमन्त्री निर्वाचनका लागि कसैलाई पनि उम्मेदवार नबनाउने निर्णय गरेको छ। यसअघि संसदीय दलका उपनेता सुवास नेम्वाङलाई उम्मेदवार बनाउने सम्भावनाबारे चर्चा चले पनि आज बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकका निर्णयबारे जानकारी दिँदै योगेश भट्टराईले भने, 'राजनीतिमा नयाँ संस्कार बसाउन हामीले यस्तो निर्णय गरेका हौँ।'

भट्टराईका अनुसार राष्ट्रिय एकता र सहमतिको बाटोलाई हेर्दै र देशको अहिलेको परिस्थितिलाई विचार गर्दै कसैलाई पनि उम्मेदवार नबनाउने निर्णय गरिएको हो। 

बैठकले कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल 'प्रचण्ड' को विपक्षमा भने मतदान गर्ने र अरुलाई पनि विपक्षमा मतदान गर्न आह्वान गर्ने निर्णय गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell