PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

प्रचण्डले उम्मेदवारी दर्ता गराएसँगै मधेसी मोर्चासँग तीन बुँदे सहमति



मनोज सत्याल

प्रचण्डले उम्मेदवारी दर्ता गराएसँगै मधेसी मोर्चासँग तीन बुँदे सहमति

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि उम्मेदवारी दर्ता गरेसँगै मधेसी मोर्चासँग पनि तीन बुँदे सहमति भएको छ।

लामो समयदेखि आन्दोलनरत मधेसी मोर्चालाई अब बन्ने सरकारको समर्थन रहने गरी ३ बुँदे सहमति भएको हो।

सहमतिअनुसार नयाँ सरकार गठन भएलगत्तै मधेस आन्दोलनका क्रममा घाइते भएकाको उपचार खर्च र मृत्यु भएकालाई शहिद घोषणा गरिनेछ।

मधेसी दलहरुले राख्दै आएको संविधान संशोधनको मागलाई सुनुवाई गर्न संविधान संशोधनको प्रकृया अघि बढाइनेमा सहमति भएको छ।

तेस्रो सहमतिअनुसार मोर्चाले प्रचण्डको नेतृत्वमा बन्ने गठबन्धन सरकारलाई समर्थन दिने छ।

तीन बुँदे सहमति भए पनि तत्काल मोर्चा सरकारमा भने नजाने सद्‍भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell