PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

छविराजको 'हिरो'बाट उदाएकी रेखा अब 'हिरो रिटर्नस'मा



पहिलोपोस्ट

छविराजको 'हिरो'बाट उदाएकी रेखा अब 'हिरो रिटर्नस'मा

काठमाडौं : छविराज ओझाको 'हिरो'बाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री रेखा थापा पुन: 'हिरो' नाम जोडिएको फिल्ममा देखिने भएकी छिन्।
 
रेखा मुख्य भूमिकामा रहेको फिल्म 'हिरो रिटर्नस' २०५७ सालमा बनेको फिल्म हिरोको सिक्वेल भने होइन।
 
आशिष भेट्वालको निर्देशनमा बन्न लागेको फिल्ममा रेखासँगै देखिँदैछन् सविन श्रेष्ठ, दिल श्रेष्ठ, सुलेमान शंकर, सरोज खानाल लगायत।

निर्माता चन्द्र गौतमका अनुसार फिल्मको नाम हिरो नै जुराइएको थियो। पुरानो फिल्मसँग जुधेको नाम दर्ता नहुने भएपछि हिरोको पछाडि 'रिटर्नस' थपेर नाम मिलाइएको हो। फिल्म निर्माण युनिटमा गौतमसँगै भीम न्यौपाने र सहदेव गौतम पनि रहेका छन्।
 
फिल्म युनिट भदौको पहिलो साताबाट सुटिङका लागि फ्लोरमा निस्कँदैछ। रेखाले यो पटक पनि आफू कमजोर महिलाहरुका लागि पाठ बन्ने भूमिकामा रहेको बताइन्।

फिल्म यही वर्षको चैतमा प्रदर्शनमा आउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell