
फुटबल विश्वकै सबैभन्दा चर्चित खेल हो। फुटबलसँगै बीच फुटबल, फुटबल, अमेरिकन फुटबल लगायत खेल विश्वभर खेलिन्छ। यी सबै टीम गेम हुन्।
तर फ्रिस्टायल फुटबल अलि फरक छ। यो टीम गेम होइन, एकल खेल अर्थात् इन्डिभिजुअल परफमेन्स हो। यसमा खेलाडीको एकल कला प्रदर्शन हुन्छ। एउटै खेलाडीले बललाई विभिन्न तरिकाले खेलाउँछन्, जसले दर्शकलाई मन्त्रमुग्ध बनाउँछ।
यस्तै फ्रिस्टायल फुटबलका चर्चित खेलाडी हुन् बेलायतका आन्द्रे हेण्डरसन। सन् १९९१ मा जन्मेका हेण्डरसनल अहिलेका एकदमै व्यस्त फ्रिस्टायल फुटबल परफर्मर हुन् भने फ्रिस्टायल फुटबल प्रतियोगितामा पनि उनी सफल छन्। वर्तमान फ्रिस्टायल फुटबलका नम्वर वान खेलाडी समेत हुन् हेण्डरसन।
१६ वर्षको उमेरमा खुट्टा भाँचिएपछि व्यावसायिक फुटबल खेल्ने उनको सम्भावना सकियो अनि हेण्डरसन लागे फ्रिस्टायल फुटबलतिर।
हेण्डरसन सन् २००९ देखि २०१५ सम्मका युकेका फ्रिस्टायल फुटबल च्याम्पियन हुन्। सन् २०१२ र १३ मा सुपर बल वर्ल्ड ओपन
च्याम्पियनसिप जितेका हेण्डरसन सन् २०१४ मा रेड बुल स्ट्रिट स्टायल वल्र्ड च्याम्पियन बने।
२०१४ मै भएको फ्रिस्टायल फुटबल वर्ल्ड टुरमा हेण्डरसन तेस्रो भएका थिए।
हेण्डरसनले ब्राजिलियन स्टार नेमारसँग पनि आफ्नो फ्रिस्टायल फुटबल कला प्रस्तुत गरेका छन्। फ्रिस्टायल फुटबलरले पनि प्रिमियर लिगमा खेल्ने खेलाडी जत्तिकै पैसा कमाउन सक्नेछन्। हेण्डरसनले सन् २०१२ को लण्डन ओलम्पिक, सन् २०१४ को ब्राजिल ओलम्पिक लगायत विश्वका ४० भन्दा बढी देशमा फ्रिस्टायल फरफरम गरिसकेका छन्।
साधारणतया फुटबलमा खेल्ने कलासँगै गोल गर्ने कला पनि चाहिन्छ। त्यसैले धेरै जसो खेलाडीहरु ड्रिबल गर्न र गोल गर्नमा माहिर मानिन्छन्। तर फ्रिस्टायल एकल कला देखाइन्छ। शरिरका विभिन्न भागले बल खेलाउने, धेरै बेरसम्म बल अडाइराख्ने जस्ता कला यसमा हुन्छ।
सन् २०११ मा फ्रिस्टायल फुटबललाई संस्थागत गर्ने उदेश्यले बेलायतमा फ्रिस्टायल फुटबल फेडेरेसन समेत गठन भएको छ। जुन अहिले विश्वको १०२ देशमा फैलिसकेको छ। यस्तै २०१५ मा फेडेरेसनले ब्राजिलका रोनाल्डिन्होलाई उक्त खेलको ग्लोबल एम्बासाडर समेत बनाएको छ।
आन्द्रे हेण्डरसनको फ्रिस्टायल फुटबल कला यस्तो छ।