PahiloPost

May 14, 2025 | १ जेठ २०८२

निर्धारित समयमा निर्वाचन हुनेमा एमालेको आशंका



पहिलोपोस्ट

निर्धारित समयमा निर्वाचन हुनेमा एमालेको आशंका

काठमाडौं : नेकपा एमालेले निर्धारित समयभित्र तीन वटै निर्वाचन हुनेमा शंका व्यक्त गर्न थालेको छ।
 
नयाँ प्रधानमन्त्री चयनको निर्वाचनमा भाग नलिने निर्णय गरेको एमालेले स्थानीय निकाय लगायतका निर्वाचन नहुने षड्यन्त्र भइरहेको बताएको हो। 'माघभित्र तीन वटै निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने एमालेको भनाइ हो तर अहिलेको राजनीतिक परिस्थिति त्यो देखिँदैन,' एमाले सचिव योगेश भट्टराईले भने।
 
निर्वाचन गर्ने विषयमा अब गठन हुने सरकारले चासो नदेखाए पार्टीले खबरदारी गर्ने समेत उनले बताए।

केही दिनअघि बसेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको बैठकले स्थानीय निकायको निर्वाचन चैतको दोस्रो सातासम्म गर्नेगरी राजनीतिक सहमति गरेका थिए।

यी दुई दल स्थानीय निकाय पुनर्संरचना आयोगले प्रस्ताव गरेको ५६५ वटा स्थानीय तह (गाउँपालिका-नगरपालिका) को वितरण वैज्ञानिक र व्यावहारिक नभएको ठहर गर्दै यसलाई पहिले टुंगो लगाएर स्थानीय निर्वाचन गर्नुपर्नेमा समेत सहमत देखिए पनि सरकार परिवर्तनसँगै राजनीतिक परिस्थिति फेरिने भन्दै एमालेले आशंका व्यक्त गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell