PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

सरकारमा सहभागी हुनेबारे राप्रपा नेपालले तत्काल निर्णय नगर्ने



पहिलोपोस्ट

सरकारमा सहभागी हुनेबारे राप्रपा नेपालले तत्काल निर्णय नगर्ने

काठमाडौं : राप्रपा नेपालले सरकारमा जाने या नजाने बारे राप्रपासँगको छलफलपछि मात्रै निर्णय गर्ने भएको छ।
 
आज सिंहदरबारमा बसेको पार्टीको बैठकले सरकारमा जाने निर्णयअघि राप्रपासँग यसबारेमा छलफल गर्ने निष्कर्ष निकालेको हो। तर, आजको बैठकमा बहुमत सदस्यले सरकारमा सहभागी हुनुपर्ने सुझाव दिएका थिए।
 
अहिलेको प्राथमिकता पार्टी एकीकरण भएकाले सरकारमा सहभागी हुने विषय पछिको कुरा भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताए। 'राप्रपासँग एकताका लागि छलफल गर्ने र त्यसपछि सरकारमा जाने या प्रतिपक्षमा बस्ने भन्ने निर्णय हुन्छ,' उनले भने। यसका लागि भोलि बिहान पुन: बैठक बसिने समेत उनले जानकारी दिए।
 
हाल संसदमा राप्रपा नेपालबाट २५ र राप्रपाबाट १२ जना सांसद रहेका छन्। फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell