PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रधानमन्त्रीका एक्ला उम्मेदवार प्रचण्डलाई १६ दलको समर्थन, कति मत पाउँदैछन् उनले?



पहिलोपोस्ट

प्रधानमन्त्रीका एक्ला उम्मेदवार प्रचण्डलाई १६ दलको समर्थन, कति मत पाउँदैछन् उनले?

काठमाडौँ : व्यवस्थापिका संसदमा बुधबार हुन लागेको प्रधानमन्त्री निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' एक मात्र उम्मेदवार रहेका छन्। 

संसद सचिवालय सार्वजनिक गरेको उम्मेदवारीको सूचनामा प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका छन् भने १६ दल र स्वतन्त्र सांसदको समर्थन रहेको छ। 

प्रचण्डलाई समर्थन गर्ने दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, राप्रपा, तमलोपा, सदभावना, नेकपा संयुक्त, थरुहट तराई पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), समाजवादी जनता पार्टी, नेपाली जनता दल, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल, दलित जनजाति पार्टी नेपाल र स्वतन्त्र उम्मेदवार चन्देश्वर झा रहेका छन्। 








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell