PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

राप्रपा नेपालले प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डको विपक्षमा मतदान गर्ने



पहिलोपोस्ट

राप्रपा नेपालले प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डको विपक्षमा मतदान गर्ने

काठमाडौं : राप्रपा नेपालको आज हुने प्रधानमन्त्रीको निर्वाचनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
 
बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

'देशको सर्वोपरि स्वार्थ र पार्टीको नैतिक चरित्र, राष्ट्रवादी संस्कार, आदर्श एवं सिद्धान्तलाई महत्व र प्राथमिकता दिँदै आज हुने प्रधानमन्त्रीको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारीको विपक्षमा मतदान गर्ने बैठकले निर्णय गरेको छ,' पार्टी प्रवक्ता राजाराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यसअघि सरकारमा जाने या नजानेबारे राप्रपासँगको छलफलपछि निर्णय गर्ने बताएको पार्टीले आज यस्तो निर्णय गरेको हो। 'राप्रपासँग जोडिरहनुभन्दा पनि हाम्रो पार्टीले नै यस्तो निर्णय गरिसक्यो,' राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले बताए।
 
हाल संसदमा राप्रपा नेपालबाट २५ जना सांसद रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell