काठमाडौं : कांग्रेस-माओवादी र मधेसी मोर्चाबीच प्रधानमन्त्री निर्वाचनअगाडि तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ।
सदभावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार तीन बुँदे सहमति यस्तो छ-
- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले प्रस्तुत गरेका मागमा रहेका संविधानसम्बन्धि विषयमा संशोधनका लागि नयाँ सरकारले संसदमा संशोधन विधेयक प्रस्तुत गर्ने
- आन्दोलनमा भएका घटना बारे सत्यतथ्य छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने, ज्यान गुमाउनेलाई सहिद घोषणा गरी परिवारलाई आर्थिक सहयोग दिने, घाइतेलाई क्षतिपूर्ति दिने, लगाइएका झुटा मुद्दा खारेज गर्ने।
- आज हुने प्रधानमन्त्री निर्वाचनमा पुष्पकमल दाहाल 'प्रचण्ड' को पक्षमा मतदान गर्ने।
