PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

रियो ओलम्पिक : फुटबल खेलहरु आजबाट हुँदै



पहिलोपोस्ट

रियो ओलम्पिक : फुटबल खेलहरु आजबाट हुँदै

खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिकको ३१ औं संस्करण शुक्रबारबाट ब्राजिलको रियो दि जेनेरियोमा सुरु हुँदैछ। तर त्यसभन्दा अघि नै फुटबलका खेलहरु सुरु हुनेछन्। ३१ औं संस्करणको गृष्मकालीन ओलम्पिक अन्तर्गत आज महिलातर्फको फुटबल खेल सुरु हुनेछ।
 
फुटबलमा पहिलो दिन महिलातर्फका कुल ६ खेल हुनेछन्। उद्घाटन खेलमा समूह ई का स्वीडेन र दक्षिण अफ्रिकाबीचको खेल हुनेछ। उक्त खेल रियो दि जेनेरियास्थित ओलम्पिक स्टेडियममा हुनेछ। समूह ई कै अर्को खेलमा आयोजक ब्राजिल र चीन भिड्दैछन्।
 
समूह एफ का क्यानडा र अष्ट्रेलिया तथा जर्मनी र जिम्बाबेबीचको खेल पनि हुनेछ। यस्तै समूह जी अन्तर्गत अमेरिका र न्युजिल्याण्ड तथा फ्रान्स कोलोम्विया बीचको खेल पनि आजै हुनेछ।
 
यस संस्करणको ओलम्पिक फुटबलमा महिलातर्फ १२ र पुरुषतर्फ १६ टीमको सहभागिता रहनेछ। महिला र पुरुष गरी कुल ५८ खेल हुने र खेल तालिका मिलाउनको लागि ओलम्पिक सुरु हुनुअगावै फुटबल खेल सुरु गरिएको हो।
 
महिलातर्फ समूह एफ मा क्यानडा, अष्ट्रेलिया, जिम्बाबे र जर्मनी छन् भने समूह जी मा साबिक विजेता अमेरिका, फ्रान्स, कोलोम्बिया र न्युजिल्याण्ड छन्।

यस्तै पुरुषतर्फको फुटबल भने भोलिबाट सुरु हुनेछ। पुरुषतर्फको पहिलो खेलमा इराक र डेनमार्क प्रतिस्पर्धा गर्नेछन्। इरान र डेनमार्कसँगै समूह ए मा आयोजक ब्राजिल र दक्षिण अफ्रिका रहेको छ।
 
यस्तै समूह बी मा स्वीडेन, नाइजेरिया, जापान र कोलम्बिया, समूह सी मा जर्मनी, मेक्सिको, फिजी र दक्षिण कोरिया तथा समूह डी मा अर्जेन्टिना, अल्जेरिया, पोर्चुगल र होण्डुरस छन्।

नेपाली समयअनुसार आज हुने खेलहरु

स्वीडेन-दक्षिण अफ्रिका : राति ९:४५
क्यानडा-अस्ट्रेलिया     : राति ११:४५
ब्राजिल-चीन              : राति १२:४५
जर्मनी-जिम्बाबे          : बिहान २:४५
अमेरिका-न्युजिल्यान्ड  : बिहान ३:४५
फ्रान्स कोलम्बिया        : बिहान ६:४५



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell