PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

संसदमा प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डको सम्बोधन- 'मधेससँग मतभेदभन्दा मनभेद चर्को'



पहिलोपोस्ट

संसदमा प्रधानमन्त्रीका उम्मेदवार प्रचण्डको सम्बोधन- 'मधेससँग मतभेदभन्दा मनभेद चर्को'

काठमाडौं : व्यवस्थापिका संसदको आजको बैठक सुरु भएपछि आजै हुने प्रधानमन्त्री निर्वाचनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन्।

जारी सम्बोधनको सुरुवाती अंश :
संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएपछि दोस्रो पटक यो सदनमा प्रस्तुत भएको छु। विगतका सबै वर्ग र समुदायको अधिकारका लागि भएका आन्दोलनमा शाहदत प्रापत गर्नेप्रति सम्मान प्रकट गर्न चाहन्छु।
 
मैले प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दैगर्दा देशमा बाढी-पहिरोका कारण ठूलो धनजनको क्षति भएको छ। सबै मृतकप्रति सम्मान प्रकट गर्छु। सबैको राहतका लागि जोड दिन चाहन्छु। यो सदनमा उभिएर उम्मेदवारी दिँदै गर्दा धेरै सन्तुष्टि र खुसी हुन सकिरहेको छैन। गतवर्ष विनाशकारी भूकम्पपश्चात त्यसको क्षति र मुकाबिला गर्न सधैं सहमतिको लागि एकातको आवश्यकताबारे जोड दिएको थिएँ। त्यति बेला संविधानसभाको रुपमा थियो। संविधान बनाउने बेलामा पनि र सरकार निर्माण गरी संविधानको कार्यान्वयनमा अधिकतम सर्वस्वीकार्य बनाउन पनि राष्ट्रिय सहमतिको जोड दिँदै आएको हो। तर आज उम्मेदवारी दिँदा एकमात्र हुनु सन्तोष भए पनि फेरि सदन विभाजित हुँदैछ।
 
प्रमुख दल एकताबद्ध हुन सकेका छैनन्। यद्यपि कतिपय आशंकाका कारण हामीले खोजेजस्तो राष्ट्रिय सहमतिको सरकार भएन। एमालले हिजो प्रधानमन्त्रीको उम्मेदवारी नदिने तर विपक्षमा मत दिने कुराले सकारात्मक वातावरण निर्माण हुने विश्वास लिएको छु। अहिले केही अन्तरविरोध भएर सरकार सहमतिमा नबने पनि बिस्तारै वातावरण बन्दै मुद्दामा सहमति हुने कुरामा मेरो ध्यान केन्द्रित गरी सबैसँग सहकार्य गर्ने विशवास दिलाउँछु।
 
राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति १६ बुँदेमा भएकै थियो। तर त्यसमा बस्न सकेनौं। एउटा समझदारी र मूल्यमा टेकेर सरकारलाई आगडि बढाउन मैले खेलेको भूमिका दोहोर्‍याउन आवश्यक छैन। त्यही आधारमा नै सरकारले केही काम गर्‍यो। अहिले सरकार किन छाड्नुपर्‍यो भन्ने कुरा दोहोर्‍याउन आवश्यक देखिनँ।
 
जुन मूल्यमा यो सरकारलाई समर्थन गरेका थियौं त्यही समझदारीमा टेकेर नयाँ सरकार बनाउन हामीलाई बाध्यता आइलाग्यो। कतिपय राजनीतिक बहसमा केही अन्तरका कारण फेरि एउटा समझदारी हुँदा त्यसको अन्तरमा अहिले फेरि सहमति भएको छ। मधेस, थारु जनजाति लगायतका मुद्दा सम्बोधन गरी संविधान कार्यान्वयन तथा भूकम्पपछिको पुननिर्माण र शान्ति प्रक्रिया र मेलमिलापलाई टुंगोमा कसरी लैजाने भन्ने विषयमा र हाम्रो विदेश नीतिसँग पनि सम्बन्धित भएको विषय पनि सन्तुलित बनाउने विषय पनि छलफलको विषय हुँदै आयो। जुन समझदारी र सहमतिमा हामी अगाडि बढेका थियौँ त्यो सरकार र त्यसको नेतृत्वको अवधारणमा अन्तरका कारण यो अवस्थामा आएको हो।
 
नेपालमा निषेधको राजनीति होइन सहमतिको राजनीति चलोस् भन्ने चाहन्छु। अस्ति सरकार परिवर्तनको कुरा षड्यन्त्रको आरोप र अभिमन्यूको प्रवेश भयो। लामो सहयात्रामा रहेका पक्ष जसको सहयोगबिना सत्ताआरोहण सम्भव थिएन । त्यसलाई दुस्मनको आरोपले दु:ख लागेको कारण यो कुरा सदनमा भनेको हो। होइन भने हामी सबै राष्ट्रप्रति बफादार छौं राष्ट्रको एकता प्राणभन्दा प्यारो ठान्दै राष्ट्रिय अखण्डतामा एकले अर्कोलाई आशंका गर्नु आवश्यक छैन।
 
मधेस, थारु लगायतका विषयमा वार्ताबाटै हुनुपर्छ भन्दै आएका हौं। हामीलाई एक आपसमा अलग्याउने पर्खाल होइन जोड्ने पुल चाहिएको छ। मधेससँग मतभेदभन्दा मनभेद चर्को भयो। मधेस र देशसँगको सम्बन्ध के हो भन्ने बडो विचित्रको परिवेश देखियो। अहिले मनभेद हटाउने वातावरण आवश्यक छ। संविधानप्रति मधेसले देखाएको असन्तुष्टिहरुको विषयमा विपक्षमा म नेतृत्व गरेको कारण म र मेरो दलको पनि जिम्मेवारी भएको कारण यो समस्या समाधान गर्ने पुलको रुपमा इतिहासले दिएको पात्रका रुपमा बन्न गएको छु।
 
म त्यस्तो पात्र भएको छु जो मधेस, थारु जनजातिसँग सहज ढंगले पहल गरी समाधान गर्न सक्छु। म आफैं भाषाभाषी जाति क्षेत्रको उत्पीडनका विरुद्ध हतियार उठाउने लडाइँको सुप्रिम कमाण्डर पनि हुँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell