PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

​न प्रतिपक्षी खेलाडी छ न गोलकिपर, प्रचण्डले गोल त गर्नुहुन्छ नै : उपेन्द्र यादव



पहिलोपोस्ट

​न प्रतिपक्षी खेलाडी छ न गोलकिपर, प्रचण्डले गोल त गर्नुहुन्छ नै : उपेन्द्र यादव

काठमाडौँ : प्रतिपक्षी खेलाडी र गोलकिपरसमेत नभएको खेलमा प्रचण्डले गोल गर्नेमा शंका नभएको संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। 

प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै उम्मेदवार भएकोमा व्यङ्ग्य गर्दै यादवले उम्मेदवारीको समर्थकका रुपमा मन्तव्य राखे। 
 
संविधान कार्यन्वयनका विषयमा सहमति भएपछि आफू समर्थक बनेर उभिएको उनले बताए। मधेसी मोर्चा र कांग्रेस-माओवादी गठबन्धनबीच संसद बैठक बस्नुअघि तीन बुँदे सहमति भएको थियो। 

‘रक्तरञ्जित संविधान सर्वस्वीकार्य हुन सक्दैन’, यादवले भने, ‘अब संशोधन गरेर ती मुद्दाहरुलाई सम्बोधन गर्नुपर्छ।‘

उनले संविधानमा त्रुटी थियो भनेर अहिले स्वीकार गर्नु पनि ठूलो कुरा भएको बताए। 

‘आन्दोलनमा राज्यले अत्याधिक बल प्रयोग गरी हिंसा हत्या भएकोबारे उच्चस्तरीय छानबिन आयोग गठन गरी मानवतावादी कानुनको उल्लंघनबारे छानबिनदेखि क्षतिपूर्ति दिने सर्तमा हाम्रो मोर्चाले समर्थन गरेको हो,’ उनले भने। 

नयाँ सरकार बनिसकेपछि जनतालाइ यी प्रतिबद्धता र सहमतिलाई कार्यान्वयन गराउने काम हुने विश्वास उनले व्यक्त गरे। ‘विगतमा अप्ठेरो पर्दा सहमति गर्ने अनि कार्यान्वयन नगर्ने कल्चरको पुनरावृति हुने छैन भन्ने आशा गरेका छौं’, उनले भने। 

उनले प्रचण्डको नौ अङ्कको संयोगबारे व्यङ्ग्य पनि गर्न भ्याए, ‘हिजो ९ महिनाका लागि प्रम भएका प्रचण्ड ९ वर्षदेखि प्रम हुन लागेको पनि फेरि ९ महिनामा नै जाने।‘ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell