PahiloPost

Jun 9, 2026 | २६ जेठ २०८३

प्रचण्डले घुमाउरो पारामा स्वीकारे : अस्थिर छु



पहिलोपोस्ट

काठमाडौं : भावी प्रधानमन्त्रीका रुपमा आफूलाई उभ्याउँदै प्रचण्डले संसदमा आफूमाथि अनेकखाले आरोप लाग्ने गरेको सुनाए। सँगै ती आरोपलाई घुमाउरो पाराले स्वीकारे पनि।
 
दाहालले अरुहरुले आफूलाई भावुक र अस्थिर भनेर कुरा काट्ने गरेको सुनाए।

'कतिले रीस उठेका बेला अस्थिर छ, कुराको ठेगान छैन भन्छन्। मलाई हेक्का छ,' उनले भने, 'म अस्थिर नभएको भए के हुन्यो होला? शान्ति प्रकृया के हुन्थ्यो होला? नेपाल मा जनयुद्ध के हुन्यो होला? लोकतान्त्रिक गणतन्त्रको अवस्था के हुन्थ्यो होला?'

उनले आफ्नो अस्थितरताले कहिले धेरै नै फाइदा पुर्‍याएको दावी गरे। दाहालले अन्तिमसम्म देश र जनताका लागि लडिरहने बताए। 'म सबैलाई मिलाएर अघि बढ्ने सङकल्प गर्छु,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell