PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

नेदरल्याण्ड्ससँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, टोलीमा कोको?



पहिलोपोस्ट

नेदरल्याण्ड्ससँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा, टोलीमा कोको?

काठमाडौं : आगामी अगस्ट १३ र १५ (साउन २९ र ३१) मा नेदरल्याण्डसँग हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ।
 
मुख्य प्रशिक्षक जतत टमाटा, कप्तान पारस खड्का र आइसिसी प्रतिनिधि बेङ्काटापती राजु सम्मिलित तीन सदस्यीय छनोट समितिले १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
 
पारस खड्काको कप्तानीमा रहेको टोलीमा ज्ञानेन्द्र मल्ल उपकप्तान रहेका छन्। यस्तै सुनिल धमलाले राष्ट्रिय टोलीमा पुनरागमन जनाउँदा सुवास खकुरेल भने टीममा पर्न असफल भएका छन्।
 
नेदरल्याण्डसँगको खेलका लागि बेलायत भ्रमणमा गएका मध्येमा बाहिरिने सुवास एकमात्र खेलाडी हुन्। पहिलो पटक राष्ट्रिय टीममा पर्दै बेलायत भ्रमण गएका विक्रम सोबले भने टोलीमा निरन्तरता पाएका छन्।
नामिबियासँग भएको खेलमा टोलीमा रहेको ब्याट्सम्यान नरेश बुढाएर र बलर सुसन भारी अहिले विदेशमा क्रिकेट खेलिरहेका छन्।
 
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अहिले छैटौ स्थानमा छ।

गत वैशाखमा घरेलु मैदानमा भएको नामिबियाविरुद्ध दुवै खेल जित्दै नेपालले अंकको खाता खोलेको हो। त्यसअघिका पहिलो र दोस्रो चरणको खेलमा नेपाल स्कटल्याण्ड र पपुवा न्युगिनीसँग हारेको थियो।

नेपालले नेदरल्याण्ड्स सँग खेलेपछि केन्या, हङकङ र युएईसँग खेल्नेछ।
 
नेदरल्याण्ड्ससँग खेल्ने नेपाली टोली

पारस खड्का, कप्तान
ज्ञानेन्द्र मल्ल, उपकप्तान
शक्ति प्रसाद गौचन
बसन्त रेग्मी
शरद भेषावकर
सागर पुन
विनोद भण्डारी
राजु रिजाल
करण केसी
अनिल कुमार मण्डल
सन्दिप लामिछाने
विक्रम सोब
राजेश पुलामी मगर
सुनिल धमला



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell