PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

यस्तो छ नेपालको ३९औं प्रधानमन्त्री प्रचण्डको इतिहास



पहिलोपोस्ट

यस्तो छ नेपालको ३९औं प्रधानमन्त्री प्रचण्डको इतिहास

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक आज प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्। 
 
प्रधानमन्त्री चुन्न अरु उम्मेदवार नभएको निर्वाचनमा भएको मतदानको परिणाम अनुसार उनले ३६३ मत पाए। उनको विपक्षमा २१० मत पर्‍यो।
उनको पक्षमा नेपाली कांग्रेससहित १५ दल र एक स्वतन्त्र सांसदले मतदान गरेका थिए।

पाठकहरुको जानकारीका लागि हामीले प्रचण्डको संक्षिप्त व्यक्तिगत जीवनीलाई प्रस्तुत गरेका छौं।

पुष्पकमल दाहाल 'प्रचण्ड'
(कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गरिएको। भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, प्रचण्ड, निर्माण, प्रचण्ड नाम रहेका)
बाबुको नाम : मुक्तिराम दाहाल
आमाको नाम : भवानी दाहाल
श्रीमती : सीता दाहाल (२०२६ मा विवाह)
जन्मस्थान : ढिकुर पोखरी गाविस वार्ड नं. २, लेवाडे, कास्की, गण्डकी अञ्चल
जन्म मिति : २०११ साल मंसिर २६ गते
६ बहिनी, २ भाइमध्ये पहिलो सन्तान
बसाइँसराइ : २०१९ सालमा ढिकुरपोखरी–२ बाट चितवन भरतपुर, शिवनगर गाविसमा भएको
छोरीहरु : ज्ञानु दाहाल, रेणु दाहाल, गंगा दाहाल
छोरा : प्रकाश दाहाल
भाइ : गंगाराम दाहाल
बहिनीहरु : अप्सरा भण्डारी, सीता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी, सरस्वती पाठक
प्राथमिक शिक्षा : महेन्द्र प्राथमिक विद्यालय, ढिकुरपोखरी
माध्यामिक शिक्षा : नारायणी विद्या मन्दिर मावि, शिवनगर
आइएस्सी : पाटन संयुक्त क्याम्पस
बिएस्सी, एजी : रामपुर कृषि क्याम्पस
अध्यापन : नारायणी विद्या मन्दिर मावि, शिवनगर, डण्डा मावि, नवलपरासी, भीमोदय मावि, आरुघाट, गोरखा

  • २०२८ : पुष्पलाल समूहमा पार्टी सदस्यता
  • २०३४ : चौथो महाधिवेशनमा प्रवेश
  • २०३५ : पूर्णकालीन
  • २०३६ : चितवन जिल्ला समिति सदस्य निर्वाचित
  • २०३८ : क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव
  • २०३८ देखि २०६३ : भूमिगत जीवन
  • २०४१ : नेकपा (मशाल) को केन्द्रीय समिति सदस्यमा निर्वाचित (पाँचौ महाधिवेशनबाट)
  • २०४२ : मशालको केन्द्रीय समिति पोलिटब्युरो सदस्य
  • २०४६ : नेकपा मशालको महामन्त्री
  • २०४८ : नेकपा (एकता केन्द्र) को महामन्त्री
  • २०५१ : नेकपा (माओवादी) को महामन्त्री
  • २०५७ : दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी) को अध्यक्ष
  • २०५८ : जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर
  • २०६३ : काठमाण्डौंमा भूमिगत जीवनबाट सार्वजनिक, असार २
  • २०६४ : संविधानसभा निर्वाचनामा काठमाडौं-१०, रोल्पा-२ वाट विजय, चैत्र २८
  • २०६५ : गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीमा चयन, असार ३१
  • २०६६ : प्रधानमन्त्रीबाट राजीनामा, वैशाख २०



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell