PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

थ्री स्टारको प्रशिक्षकमा मेघराज केसी, एएफसी प्लेअपका लागि २० खेलाडी छनोट



पहिलोपोस्ट

थ्री स्टारको प्रशिक्षकमा मेघराज केसी, एएफसी प्लेअपका लागि २० खेलाडी छनोट

काठमाडौं : रुस्लान थ्री स्टार क्लबको मुख्य प्रशिक्षकमा मेघराज केसी नियुक्त भएका छन्।
 
अगामी अगस्ट २१ गतेबाट मंगोलियामा हुने एएफसी कपको प्लेअप छनोटमा सहभागी हुन लागेको पाटने क्लबले केसीलाई प्रशिक्षकमा नियुक्त गरेको क्लबका महासचिव सन्जीव शिल्पकारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। यस्तै प्रशिक्षकमा रवीन्द्र शिलाकार रहनेछन्।
 
२०७१ सालको राष्ट्रिय लिग विजेताको हैसियतमा थ्री स्टारले एएफसी कपको प्लेअप छनोटमा नेपालको प्रतिनिधित्व गर्न लागेको हो।
 
नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप खेल्ने थ्री स्टार पहिलो टोली पनि हो। यसअघि थ्री स्टार दुईपटक एएफसी प्रेसिडेन्ट्स कपको अन्तिम चरणमा प्रवेश गरेको थियो।
 
तीन हप्तायता नियमित प्रशिक्षण गरिरहेको थ्री स्टार फेरी एकपटक नयाँ इतिहास रच्ने लक्ष्यसहित अगाडि बढिरहेको छ। यसका लागि क्लबले प्रशिक्षकहरुको सल्लाहअनुसार २० खेलाडीलाई अनुबन्धित पनि गरिसकेको जनाएको छ। क्लबले दुई विदेशी खेलाडीमा नाइजेरियाका पिटर सेगुन र मार्टिन्स कायोडे अजायीलाई अनुबन्धित गरिसकेको विज्ञप्तीमा उल्लेख छ।
 
प्रतियोगितामा थ्री स्टार समूह ‘बी’मा परेको छ। थ्री स्टारसँगै समूहमा आयोजक मंगोलियाको एर्चिम फुटबल क्लब र कम्बोडियाको नागावोर्ल्ड फुटबल क्लब रहेका छन्। थ्री स्टारले अगष्ट २१ मा एर्चिमको सामना गर्नेछ भने अगष्ट २३ मा नागावोर्ल्डसँग खेल्नेछ।
 
तीन समूहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ। तीनै समूहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ।
 

थ्री स्टारका २० खेलाडी


गोलरक्षक   : एलेन न्यौपाने, बिनय श्रेष्ठ, अविशेक बराल
डिफेन्डर    : रञ्जित धिमाल, देवेन्द्र तामाङ, पिटर सेगुन, विजय धिमाल, सरोज दाहाल, विष्णु सुनार
मिडफिल्डर : विक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, सुनिल बल, विजय गुरुङ, विष्णु गुरुङ
फरवार्ड      : बुद्ध राज लिम्बु (चेम्जोङ), असिम जंग कार्की, रोशन मल, मार्टिन्स कायोडे अजायी, सुसान श्रेष्ठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell