PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

१० फोटोमा हेर्नुस् प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुँदा ओलीको हाउभाउ



समर्थ रञ्जित

१० फोटोमा हेर्नुस् प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुँदा ओलीको हाउभाउ

काठमाडौँ : कामचलाउ प्रधानमन्त्रीका रुपमा बुधबार दिउँसो संसद् बैठकमा प्रवेश गरेका केपी शर्मा ओली अपराह्न बैठकबाट निस्कँदा पूर्व प्रधानमन्त्री भइसकेका थिए।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री निर्वाचित हुने निश्चित भए पनि संसदको प्रक्रिया पूरा गर्न केही घण्टा लाग्यो। यसबीचमा कस्तो थियो त ओलीको हाउभाउ? फोटो पत्रकार इलिट जोशीले उनको मूड यसरी क्याप्चर गरेका छन्-

संसद् भवनमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री ओली। 

बैठक कक्षमा प्रवेश गर्दै ओली। 

बैठक कक्षको प्रधानमन्त्री बस्ने कुर्सीतिर लम्कँदै ओली। 

बैठक कक्षको कुर्सीमा बसिसकेपछि ओली।

सांसदले नमस्कार गरे पनि प्रधानमन्त्री ओलीको ध्यान अन्यत्रै थियो। 

एकछिन पछि उनले चाल पाए र नमस्ते फर्काए। 

अस्ति राजीनामा दिँदा गरेको सम्बोधनको प्रधानमन्त्री ओलीलाई आज प्रचण्डले रोष्ट्रमबाट  जवाफ दिए। 

प्रचण्डको जवाफ ओलीले सुनेर बसे। प्रधानमन्त्रीमा एक मात्र उम्मेदवार रहेको कारण आज प्रस्तावक र समर्थकले मात्रै बोल्न पाए। एमालेले उम्मेदवार उठाएको भए एमालेका पनि प्रस्तावक र समर्थकले बोल्न पाउँथे। 

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell