
नाइँ नभन्नु ल ४ मा एक साथ ठुलो पर्दामा डेब्यु गरेका प्रेम जोडी पल शाह र आँचल शर्मा पुन: एक पटक एकै पर्दामा देखिने भएका छन्। म्युजिक भिडियो निर्देशक नीतिन चन्दको पहिलो फिचर फिल्म 'जोनी जेन्टलमेन'मा यी दुईको जोडी बाँधिने भएको हो।
योर स्टाइलको ब्यानरमा बन्न लागेको फिल्मलाई एन्ड्रीउ पौडेलले निर्माण गर्न लागेका हुन्।
महेश दवाडीको कथामा आधारित फिल्मका लागि पल शाहले आफ्नो लुक्स परिवर्तन गरेका थिए। चक्लेटी फेस र छोटो कपालमा प्राय देखिने उनले सो फिल्मका लागि एक्सन सुहाउँदो लुक्स बनाएका हुन्।
फिल्ममा हर्कुलेस बस्नेत, बृजेश श्रेष्ठ साथै स्वचित शाक्यको संगीत रहनेछ।
फिल्ममा सह निर्देशकका रुपमा युट्युब स्टार साथै 'सायद-२'मा डेब्यु गर्न लागेका अभिनेता अमृत ढुङानाले काम गर्दै छन्।