PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

​नवनिर्वाचित प्रम प्रचण्डले भोलि दिउँसो सपथपछि कार्यभार सम्हाल्ने, ६ मन्त्रीको पनि सपथ तयारी



रमेश वाग्ले

​नवनिर्वाचित प्रम प्रचण्डले भोलि दिउँसो सपथपछि कार्यभार सम्हाल्ने, ६ मन्त्रीको पनि सपथ तयारी

काठमाडौँ :  नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बिहीबार दिउँसो सपथ लिने भएका छन्। राष्टपति कार्यलयले सपथ ग्रहण समारोह दिउँसो ३ बजेका लागि आयोजना गरेको छ।

प्रधानमन्त्रीको सपथ ग्रहणलगत्तै त्यही समारोहमा सपथ खाने मन्त्रीहरुको सूची भने राष्ट्रपति कार्यालयलाई उपलब्ध गराईएको छैन।

'प्रधानमन्त्रीको सपथ ग्रहणबारे जानकारी आएको छ र राष्ट्रपति कार्यालय त्यसको तयारीमा छ' राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले भने, 'मन्त्रीहरुका विषयमा भने अहिलेसम्म कुनै जानकारी आएको छैन।' उनले मन्त्रीहरुको सपथ हुने भएमा बिहीबार बिहानसम्म जानकारी आउन सक्ने बताए। 

करिब छ जना मन्त्रीहरुको सपथ भोलि नै हुनसक्ने सम्भावना छ। सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका तर्फबाट तीन-तीन जना गरी छ जना मन्त्रीले भोलि नै सपथ लिने सम्भावना छ। सत्ताका सहयोगी दलहरुका तर्फबाट पनि कुरा मिलेमा थप दुई जना मन्त्रीहरुले भोलि नै सपथ लिनेछन्। 

प्रधानमन्त्री प्रचण्डले सपथ लिए लगत्तै सहिदपार्क पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन् भने त्यहाँबाट सिधै सिंहदरवार पुगेर पदभार ग्रहण गर्ने छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell