PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

कांग्रेस विमलेन्द्र निधिको नेतृत्वमा सरकारमा जाने, प्रचण्डसँगै आज क-कसले शपथ लिँदैछन्?



रमेश वाग्ले

कांग्रेस विमलेन्द्र निधिको नेतृत्वमा सरकारमा जाने, प्रचण्डसँगै आज क-कसले शपथ लिँदैछन्?

काठमाडौँ : बुधबार व्यवस्थापिका संसदको बहुमतले प्रधानमन्त्री निर्वाचित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज दिउँसो ३ बजे शपथ लिने कार्यक्रम तय भए पनि उनीसँगै कति जना मन्त्रीले शपथ लिने विषय यो समाचार तयार पार्दासम्म टुङ्गो लागेको छैन। 

कांग्रेस विमलेन्द्र निधिको नेतृत्वमा सरकारमा जाने भने लगभग निश्चित भइसकेको छ। निधिलाई उपप्रधान तथा गृहमन्त्रीको कार्यभार दिने तयारी छ। माओवादीसितको गठबन्धन बनाउन निधिको महत्त्वपूर्ण योगदान रहेको थियो। 

देउवाका विश्वासपात्र निधि यसअघि शिक्षा तथा खेलकूद मन्त्री, उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनिसकेका छन्। 

त्यसैगरी डा. शेखर कोइरालाले परराष्ट्र मन्त्री र अर्जुननरसिंह केसी स्थानीय विकास मन्त्रीको रुपमा शपथ खाने तयारी छ। कांग्रेसबाट रमेश लेखकले पनि आजै शपथ लिने तयारी भए पनि मन्त्रालयको टुङ्गो लागिसकेको छैन। 

उता मन्त्रीको टुङ्गो लगाउन माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक आज बिहान साढे आठ बजे डाकिएको छ। माओवादीबाट कम्तिमा तीन जना पहिलो मन्त्रीले आज शपथ लिने तयारी छ। 

दिउँसो ३ बजे शितल निवासमा हुने शपथ ग्रहण अघि प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच हुने बैठकले आज कति जना मन्त्रीले शपथ लिने निश्चित गरिनेछ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell