
रियो ओलम्पिक सुरु हुनुअगावै बुधबारबाट सुरु भएको फुटबल खेलमा महिलातर्फ आयोजक ब्राजिल र अमेरिकाले विजयी सुरुवात गरेका छन्।
समूह ई अन्तर्गत भएको खेलमा ब्राजिलले चीनलाई ३-० ले हरायो। पहिलो पटक ओलम्पिकमा महिला फुटबलतर्फ स्वर्ण जित्ने अभियानमा रहेको ब्राजिलका लागि मोनिसका आन्द्रेस अल्भस र क्रिस्टियनले १-१ गोल गरे।
समूह ई अन्तर्गत नै भएको उद्घाटन खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई १-० ले पराजित गरेको छ। स्वीडेनको जितमा निल्ला फिसरले निर्णायक गोल गरिन्। उनी रियो ओलम्पिकमा महिलातर्फ गोल गर्ने पहिलो खेलाडी समेत बनेकी छिन्।
यता समूह जी अन्तर्गत भएको खेलमा अमेरिकाले न्युजिल्याण्डलाई २-० ले हरायो। अमेरिकाको जितमा कप्तान चार्ली लोएड र एलेक्स मोर्गानले १-१ गोल गरे। समूह जी कै खेलमा फ्रान्सले कोलोम्वियालाई ४-० ले हरायो।
यता समू एफ अन्तर्गत भएको खेलमा जर्मनीले जिम्बाबेलाई ६-१ ले पराजित गरेको छ भने क्यानडाले अष्ट्रलिलाई २-० ले हराएको छ।
पुरुष फुटबल आजबाट
आजबाट पुरुषतर्फको फुटबल खेलहरु पनि सुरु हुँदैछन्। उद्घाटन खेलमा समूह ए मा रहेको इराक र डेनमार्क भिड्दैछन् भने आयोजक ब्राजिलले आफ्नो पहिलो खेलमा आजै दक्षिण अफ्रिकासँग खेल्दैछ।यस्तै समूह बी अन्तर्गत स्वीडेन र कोलोम्विया तथा नाइजेरिया र जापानबीच खेल हुनेछ।
समूह सी मा रहेका जर्मनी र मेक्सिको तथा फिजी र दक्षिण अफ्रिकाबीचको खेल पनि आजै हुँदैछ।
यस्तै समूह डी अन्तर्गत अल्जेरिया र होण्डुरस तथा पोर्चुगल र अर्जेन्टिनाबीच खेल हुनेछ।