PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

​प्रचण्ड प्रधानमन्त्री बन्दा रेखा दङ्ग



सविन ढकाल

​प्रचण्ड प्रधानमन्त्री बन्दा रेखा दङ्ग

काठमाडौं : २०७० सालको दोस्रो संविधानसभा चुनावमा नायिका रेखा थापाले तत्कालीन नेकपा माओवादीबाट टिकट पाउने चर्चा खुबै चल्यो।रेखाले चलचित्रमा दर्शक कमाए झै राजनीतिमा भोटर कमाउलिन् कि नकमाउलिन्? प्रश्न जन्मिए। उनको हातैमा आएको टिकट गुम्यो। त्यसैले अहिले पनि नायिक रेखा थापा टिकट पाइसकेकै थिएँ भन्न अक्मकाउदिनन्।

भलै अभिनेत्री रेखा दोस्रो संविधानसभा चुनावमा नेत्री बनेर आफ्नो अर्का कर्म चलाउन पाइनन्। टिकट नपाए पनि उनको प्रचण्डप्रतिको प्रेम यथावत नै छ। पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको प्रधानमन्त्रीमा पुन दोहोरिँदै छन्। दाहाल प्रधानमन्त्री हुँदै गर्दा उनीसँग कम्मर मर्काएकी हिरोइन रेखा थापामा पनि आशाको दियो चम्किएको छ। रेखा भन्छिन्, 'उहाँ दोस्रो पटक देशको प्रधानमन्त्री बन्नुहुँदैछ। मलाई विश्वास छ पहिलो पटक प्रधानमन्त्री हुँदा भएका त्रुटी र भुल सच्याएर अघि बढ्नुहुने छ,' रेखाले भनिन्।
 
'हिरो' फिल्मबाट डेव्यू गरेकी रेखाले डेढ दशक यता नेपाली रजतपटमा राज गरिरहेकी छिन्। केही वर्षदेखि राजनीतिलाई नजिकबाट हेर्न थालेकी उनी भन्छिन्,  'सरकार परिर्वतनको खेल बढी भयो पुष्पकमल दाहाललाई केही समय जनताले साथ दिनुपर्छ उहाँले देशमा आमूल परिर्वतन गर्नुहुन्छ।' प्रचण्डप्रति रेखामा बढी नै विश्वास देखियो।  

थापाका नजरमा प्रचण्ड दुरर्दशी नेता हुन्। पहिलोपोस्टसँगको कुराकानीमा भनिन्, 'प्रचण्डजी दुरदर्शी र प्रगतिशील नेता हुनहुन्छ। उहाँले देशलाई निकास दिनुहुन्छ।'

'कि लाउ माया मै तिर
कि लाउ उहितिर
निर नलाउ दुईतिर…'

यही गीतमा प्रचण्ड र रेखा थापाले सँगै कम्मर मर्काएका थिए। सडकमै यी दुईले ठुमका लगाएको विषय निक्कै चर्चित रह्यो।

गीतले भनेजस्तै नायिका थापाले आफ्नो राजनीतिक माया प्रचण्डको पार्टीतिरै लगाइन्। प्रधानमन्त्री भएपछि उनी बधाई दिन जाँदैछिन्। तर फेरि प्रचण्डसँग नाच्ने पक्षमा छैनन् उनी। भन्छिन्, 'उहाँको कार्यकालमा देशले आमूल परिर्वतन गरेर जनता खुसी भएर नाचेको हेर्न प्रतीक्षामा बसेको छु।'

प्रचण्ड प्रधानमन्त्री बन्दा दङ्ग परेकी रेखाले केही अघि पहिलोपोस्टसँग कुरा गर्दै भनेकी थिइन् मलाई राम होइन रावण मन पर्छ। उनीसँगको अन्तरङ्ग कुराकानी पढ्न तल क्लिक गर्नुस्

म रामको भन्दा रावणको फ्यान हुँ : रेखा थापा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell