
काठमाडौं : गायिका सरु गौतम र गायक बीर्खबहादुर धामीको तीज गीत सार्वजनिक भएको छ। पोहोर ‘नाच्ने हो नाच्ने हो’ बोलको तीज गीत सार्वजनिक गरेका उनीहरुले यसपालि ‘यसपालि तीजमा’ गीत ल्याएका हुन्।
सुभाष गौतमको शब्द रहेको गीतमा टंक बुढाथोकीले संगीत भरेका छन्। अर्जुन अधिकारीले यसको भिडियो निर्देशन गरेका छन्। भिडियोमा अभिनेत्री अनु शाह र मोडल विपना थापाको अभिनय र नृत्य देख्न सकिन्छ। मोडल प्रशान्त तामाङ र सुरेनले उनीहरुसँग जोडी बाँधेका छन्।
‘अघिल्लो तीज गीतलाई दर्शकले रुचाइदिनुभयो,’ गायिका सरुले भनिन्, ‘यसपल्ट पनि त्यही टिमबाट अर्को गीत ल्याएका छौं, आशा छ दर्शकले मन पराउनुहुनेछ।’
गीतको भिडियो :