PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

नेविसंघ महाधिवेशन : तयारी अन्तिम चरणमा, झन्डै २ करोड खर्च हुने अनुमान



पहिलोपोस्ट

नेविसंघ महाधिवेशन : तयारी अन्तिम चरणमा, झन्डै २ करोड खर्च हुने अनुमान

काठमाडौं : नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।
 
देशभरबाट करिब ३४ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन यही २३ गते १  बजे भृकुटीमण्डपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्दैछन्।
 
प्रतिनिधिहरुलाई हालसालै खिचिएको तीनप्रति फोटो र आफ्नो स्पष्ट परिचय खुल्ने परिचयपत्र, नागरिकता वा लाइसेन्ससहित सहभागी सर्कुलर गरिएको छ। विभिन्न जिल्लाका प्रतिनिधि राजधानी आउने क्रम पनि सुरु भएको छ।
 
प्रचारप्रसार, होटल बुकिङ, नीति कार्यक्रम तथा शैक्षिक दस्तावेज लेखनका काम सकिएको संघले जनाएको छ।
 
पहिले नै ६४ जिल्लाको प्रतिनिधिबारे पार्टीलाई जानकारी गराइसकिएको छ भने बाँकी ११ जिल्ला प्रतिनिधिबारे पनि हिजो जानकारी गराइएको छ।
 
अब पार्टीले मतदाताको लिस्ट केन्द्रीय निर्वाचन समितिलाई  उपलब्ध गराएर प्रक्रियामा लैजानेछ भने महाधिवेशनका लागि कुल १ करोड ७८ लाख ८० हजार खर्च हुने आर्थिक व्यवस्थापन समितिले जानकारी दिएको छ।
 
आर्थिक समितिले नै अर्थको सम्पूर्ण जिम्मेवारी लिएकाले कहीँकतै सहयोग नउठाउन पनि पार्टीले निर्देशन दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell