PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

नयाँ सरकारसामु नयाँ शक्तिले देखेको ६ चुनौती



पहिलोपोस्ट

नयाँ सरकारसामु नयाँ शक्तिले देखेको ६ चुनौती

काठमाडौं : माओवादीबाट टुक्रिएर पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा गठित नयाँ शक्ति नेपालले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु चुनौतिका चाङ रहेको जनाउँदै त्यसलाई समाधान गर्न सुझाव दिएको छ।


नयाँ शक्तिले देखेका ६ चुनौती

  • संविधानको कार्यान्वयन,

  • विनाशकारी भूकम्पपछिको पुनर्निर्माण,

  • महंगी, भ्रष्टाचार, कालाबजारी, तस्करी र अराजकता

  • संक्रमणकालीन न्यायको व्यवस्थापनका

  • अन्तराष्ट्रिय सम्बन्धमा तिक्तताको समाधान

  • सन्तुलित परराट्र सम्बन्ध

प्रेस वक्तव्य निकाल्दै नयाँ शक्तिले भनेको छ - भूकम्पपछिको पुनर्निर्माण गर्न, बढ्दो महंगी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न, तराई मधेशको आन्दोलनको समाधान गर्न तथा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न समेत सफलता मिलोस् भन्ने कामना पनि गर्दछौं। मुख्यतः तराई मधेश र थारुवान क्षेत्रका जनताका साथै आदिवासी जनजाति, मुस्लिम, दलित समुदायको समेत मागहरु संविधानको संशोधनमार्फत पूरा गरी संविधानको कार्यान्वयन गर्न र यही अवसरमा अस्थिरताको मुख्य कारक बनेको असफल संसदीय व्यवस्थाको सट्टामा स्थायित्व र विकासका लागि पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीको व्यवस्था गर्नु उपयुक्त हुन्छ भन्ने हाम्रो ठम्याई छ।'
 
पार्टीले संसदीय प्रणालीको नियमितजस्तै बनेको सरकार बन्ने, भत्कने र फेरि नयाँ बन्ने प्रक्रियामा व्यवस्थापिका संसदबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पुन प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै राज्यको सर्वोच्च कार्यकारी प्रमुखका रुपमा निर्वाचित भएकोमा सफलताको शुभकामना व्यक्त गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell