PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

कार्गो छाडेर फर्किँदा मकालु एयरलाइन्सको फोर्स ल्यान्डिङ, दुवै पाइलट सुरक्षित



पहिलोपोस्ट

कार्गो छाडेर फर्किँदा मकालु एयरलाइन्सको फोर्स ल्यान्डिङ, दुवै पाइलट सुरक्षित

काठमाडौं : सुर्खेतबाट कार्गो लिएर सिमिकोट पुगेको मकालु एयरलाइन्सको विमान सिमिकोटबाट फर्किँदा दुर्घटनामा परेको छ। सिमिकोटबाट रित्तै फर्किँदै गरेको विमानमा समस्या आएपछि फोर्स ल्यान्डिङ गरिएको थियो।

क्याप्टेन साङ्गे जी लामा र प्रशान्त साह दुवै सुरक्षित छन् तर विमान भने पानीको बहावमा परेको छ। विमानमा यात्रु थिएनन्।
भर्खरै उद्दारका लागि सुर्खेतबाट हेलिकप्टर उडिसकेको छ।

सुर्खेतलाई आधार बनाएर विमानले पहाडी जिल्लाहरुमा सेवा पुर्‍याउँदै आएको छ।
मकालु विमान दुर्घटनामा पाइलट दुवै घाइते, हुम्लामा उपचार हुँदै


अपडेट : दुर्घटनामा घाइते दुवै पाइलटको हुम्लामा उपचार हुँदै

सिमिकोटबाट सुर्खेतको लागि उडेको मकालु एयरलाइन्सको सिङ्गल इन्जिनको विमान बिहीबार खार्पुनाथ–३ कुरिलास्थित कर्णाली नदीमा खसेर दुर्घटना भएको छ।
 
दुर्घटनामा विमान चालक क्याप्टेन काठमाडौं जोरपाटीका २९ वर्षीय साङ्गेल लामा र सह–चालक दाङ तुलसीपुर–११ का २५ वर्षीय प्रशान्त शाह घाइते भएका छन्। चालक लामाको बायाँ खु्ट्टामा र सह–चालक शाहको ढाडमा चोट लागेको छ। घाइते दुवैलाई सिम्रिक एयरको हेलिकप्टरबाट जिल्ला अस्पताल हुम्ला पुर्याएर उपचार गरिरहेको नेपाल प्रहरीले जनाएको छ।
 
दुर्घटनाको खबरलगत्तै प्रहरी चौकी याङचु र जिल्ला प्रहरी कार्यालयबाट उद्दारका लागि परिचालन गरिएको थियो।

फाइल फोटो : मकालु एयर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell